www.tandavnews.com
Fact ~ In search of truth

ग्लोबल रिच २९ औँ वर्षमा प्रवेश

पोखरा ।

ग्लोबल रिचले आज २८ औँ वार्षिकोत्सव उत्सव मनाएको छ ।

भारतको कलकत्तामा प्रधान कार्यालय रहेको ग्लोबल रिच स्थापनाको २८ औँ वर्ष पुरा गरि २९ औं वर्ष प्रवेश गरेको छ । शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएको ग्लोबल रिचले ५ वटा देशमा ४० वटा शाखाबाट सेवा सञ्चालन गरिरहेको छ ।

भारत, नेपाल, अष्ट्रेलिया, भुटान र बंगालदेशमा शाखा सञ्चालन गरिरहेको ग्लोबल रिचले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दैै आइरहेको छ ।

ग्लोबल रिचका विभिन्न शाखा मध्य पोखरा शाखा स्थापनाको ४ वर्ष २ महिना भएको छ । ग्लोबल रिचका ४० शाखामध्ये पोखरा शाखा उत्कृष्ट ५ भित्र पर्न सफल रहेको शाखा प्रमुख सरिता गुरुङले जनाइन्। ग्लोबल रिचले नेपालमा १२ वर्षदेखि सेवा प्रदान गर्दै आइरहेको छ ।

परामर्शका सेवाका लागि ग्लोबल रिच पोखरा शाखामा कास्की तथा आसपासका जिल्लाबाट विद्यार्थीहरु आउने क्रम बढेको काउन्सिलर पद्मा अधिकारीले बताइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.