www.tandavnews.com
Fact ~ In search of truth

घलेलमा बिद्यालय स्तरिय प्रतियोगिता सम्पन्न

कास्की ।

कास्कीको उत्तरी भेगमा रहेको पर्यटकिय गाँउ घलेलमा जारी २० औं ल्होसार÷ल्होछार उत्सवमा बिद्यायल स्तरिय बिभिन्न बिधाका प्रतियोगिताहरु सम्पन्न भएको छ ।

माछापुच्छे« गाउँपालिका ८ र ९ मा क्रियाशिल बौद्ध सिर्जना युवा क्लबको आयोजनामा र बम बहादुर घलेल आधारभुत बिद्यालयको सहआयोजनामा गत १५ देखि सञ्चालन भएको उत्सबमा बिद्यालय स्तरिय छात्र÷छात्रा भलिबल, हाजिरीजवाफ, श्रुती लेखन तथा हिसाब दौड प्रतियोगिता सम्पन्न भएको हो ।

Batas

छात्र भलिबल प्रतियोगिता तर्फ गौरी शंकर मनिलाल माबि प्रथम र जनजागरण आधारभुत बिद्यालयले दित्तिय स्थान हासिल गरेको बमबहादुर घलेल आधारभुत बिद्यालयका प्राध्यानाध्यपक तथा क्लबका सचिब दुर्गा कुमारी गुरुङले जानकारी दिईन । उनका अनुसार छात्रा तर्फ संगम अङ्ग्रेजी बोर्डिङ स्कुल बिजेता र बाराही आधारभुत बिद्यालयल उपबिजेता बन्यो ।

हाजिरीजवाफ तर्फ १० बिद्यालयको सहभागिता रहेको बताउदै गुरुङले बमबहादर घलेल आधारभुत बिद्यालय प्रथम, महेन्द्र माबि लाहाचोक द्धित्तिय र बराह माबि भेडाबारी तृतीय बनेको बताईन ।त्यस्तै १३ बिद्यालयको सहभागिता रहेको श्रुती लेखनमा बमबहादुर घलेल आधारभुत बिद्यालयका अस्मीता परियार प्रथम, संगम अङ्ग्रेजी बोर्डिङ स्कुल नयांपुलका रोशनी गौतम द्धित्तिय र गौरी शंकर मनिलाल माबिका गंगा तामाङ, तारे बराह आधारभुत बिद्यायल लुमे्रका सलिना गौतम र ईन्द्रेणी आधारभुत बिद्यालका सुदिप ढुङ्गाना तृतीय बने ।

त्यसैगरी हिसाब दौड प्रतियोगिता तर्फ संगम अङ्ग्रेजी बोर्डिङ स्कुलका सोनिका पोखरेल प्रथम, ईन्द्रेणी आधारभुत बिद्यालय ओखरीका सुदिप ढुङ्गाना द्धित्तिय र गौरी शंकर माबिका प्रिया गुरुङ तृतीय बनेका थिए ।गुरुङका अनुसार बिजेता उपबिजेता बिद्यार्थीहरुलाई कापी र कलमले समाजसेवी गुप्त बहादुर गुरुङद्वारा पुरस्कृत गरिएको थियो भने भलिबल तर्फको पुरस्कार २२ गते समापन समारोहका बिच प्रदान गरिनेछ । बुधबार देखी क्लबका बिभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चाल भैरहेको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.