www.tandavnews.com
Fact ~ In search of truth

घलेल आधारभूत विद्यालयमा पाँच लाखको पुस्तकालय

पोखरा ।

कास्कीको माछापुच्छ«े गाउँपालिका ८ मा रहेको श्री बमबहादुर घलेल आधारभूत विद्यालयमा पुस्तकालय स्थापना भएको छ । ५ लाख रुपैयाँ लागतमा पुस्तकालय स्थापना गरिएको हो ।

लायन्स क्लब अफ पोखरा ग्रिन टाउनले पुस्तकालय स्थापनाको संयोजन तथा व्यवस्थापन गरेको क्लबकी अध्यक्ष लक्ष्मीदेवी गुरुङले जानकारी दिइन् । युकेमा रहेका सूर्य गुरुङको आर्थिक सहयोगमा पुस्तकालय स्थापना भएको हो । बिहीबार विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ ।

Batas

विद्यालयमा क्लबले खानेपानी ट्याङकी निर्माण सम्पन्न गरेर बिहीबार नै हस्तान्तरण गरेको छ । खानेपानी ट्याङकी ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको क्लबका सचिव तथा कार्यक्रम संयोजक कविता गुरुङले जानकारी दिइन् ।

नेपाल लायन्स फाउण्डेसनबाट ५० हजार रुपैयाँ र युकेमा रहेका सूर्य गुरुङबाट १ लाख ४८ हजार रुपैयाँ सहयोगमा ट्याङकी निर्माण गरिएकोे उनले बताइन् । ट्याङकीमा विद्यालयले १ लाख २ हजार रुपैयाँ खर्च गरेको छ । सोही अवसरमा क्लबले विद्यालयका विद्यार्थीलाई ३० हजार रुपैयाँ बराबरको स्टेसनरी सामग्रीसमेत हस्तान्तरण गरेको छ ।

पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठले ग्रामीण क्षेत्रका विद्यालयमा पुस्तकालय स्थापना तथा खानेपानी ट्याङकी निर्माण गरेर क्लबले नमुना काम गरेको बताए ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पिआरओ मदन प्रसाद द्वा, एनएलएफ डिपार्टमेन्ट अफिसर श्यामकृष्ण श्रेष्ठ, समाजसेवी राम गुरुङ लगायतले बोलेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.