www.tandavnews.com
Fact ~ In search of truth

घाचोकका विद्यालयमा विदेशीको दन्त शिविर

पोखरा ।

कास्कीको माछापुच्छे« गाउँपालिका ३ घाचोकका दुई विद्यालयमा जर्मन भोलेन्टियर संस्था (इ.भी.) को प्राविधिक सहयोगमा आयोजना भएको दन्त शिविर सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस पोखराको आर्थिक सहयोगमा आयोजना भएको १० दिने निशूल्क दन्त शिविर घाचोकमा सम्पन्न भएको हो ।

घाचोकको मेघराज आधारभूत विद्यालय र जनजागरण सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सेवा दिने उदेश्यले आयोजना भएको शिविरमा दाँत किन माझ्ने, कसरी माझ्ने, नमाझे के हुन्छ लगायतका ज्ञान सिकाउनुको साथै किरा लागेको दाँतहरु समेत निकालिएको थियो ।

शिविरमा मेघराज आधारभूत विद्यालयका ८० जना र जनजागरण सामुदायिकका ११६ जना विद्यार्थीहरुले सेवा लिए । त्यस्तै विद्यालयका शिक्षकहरु र स्थानीयहरुले पनि शिविरको फाइदा लिए । शिविरमा जर्मन भोलेन्टियर डाक्टर सह्रा र डाक्टर कृष्टिनाले सेवा प्रदान गरेका थिए ।

घाचोकका ति विद्यालयहरुमा नै शिविर गर्नुको उदेश्य वालवालिकाहरुलाई मुखको सरसफाईको बारेमा जानकारी दिन, मुखको स्वास्थ्यको बारेमा ज्ञानको कमिले हेलचक्राइँ गरेकाहरुलाई उपचार सेवा दिन साथै स्वास्थ्यजाँचको लागि सहजै पोखरासम्म आउन पहुँच नभएकोहरुलाई सेवा दिनु रहेको शिविरका संयोजक डा. सरोज पोखरेलले जानकारी दिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसका म्यानेजिङ डाइरेक्टर रमेश थापाले अन्य शिक्षाको बारेमा धेरै शिविरहरु हुँदै आएको र मुखको सरसफाई बारे कमै हुने भएकोले सहयोग गरेको बताए । ‘हात धुन धेरै ठाउँमा सिकाएको पाइयो,’ उनले भने, ‘हात धुन मात्र सिकाएर भएन ।

अब मुख पनि सफा राख्नुपर्छ, यसरी सफा राख्न सकिन्छ भन्ने चेतना सानै कक्षा र उमेरका वालवालिकाहरुलाई दिन सकियो भने राम्रो सन्देश जान्छ ।’ सोही शिविरको अबसरमा एक्सपर्ट एजुकेशनले विद्यार्थीहरुलाई विभिन्न स्टेशनरीका सामाग्रीहरु पनि सहयोग गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.