www.tandavnews.com
Fact ~ In search of truth

आजदेखि घाचोकमा ‘विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ’ शुरु

बिजय लम्साल
पोखरा, ताण्डव न्यूज ।

श्री विराट शैक्षिक श्रीमद्भागवत धनधान्याञ्चल महायज्ञ’ आज (मंगलबार)देखि शुरु भएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक भलावोट शुक्ला गण्डकी माध्यमिक विद्यालयमा बैशाख ११ देखि १८ गतेसम्म विद्यालयकै प्राङगणमा जारी रहने मूल आयोजक समितिका महासचिव मौसम कार्कीले जनाए ।

Batas

वहुउदेश्यीय प्राविधिक शिक्षालयको पूर्वाधार स्थापनाको लागि महायज्ञ आयोजना गरिएको धनधान्यान्चल महायज्ञ आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष रविलाल पोखरेलले जानकारी दिए ।

महायज्ञको प्रमुख वाचक भाष्कर पण्डित कमलनयन गौतम छन् ।

प्राविधिक शिक्षाको लागि आवश्यक पूर्वाधार निर्माण गरेर समयानुकुल प्राविधिक शिक्षाका विषयहरुलाई विविधिकरण गरि विद्यार्थीहरुलाई प्राविधिक शिक्षातर्फ उत्प्रेरित गरि आत्मनिर्भर वनाउने उद्देश्य राखी महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञ सम्पन्न गर्नको लागि ११११ सदस्यीय मुल आयोजक समिति र ७५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

महायज्ञको पहिलो दिन आज शान्तिकलश सहितको शोभायात्राले गाउँ परिक्रमा गरीएको थियो । महायज्ञको उद्घाटन प्रदेश चारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गरे ।

हामी र हाम्रा सन्ततीको लागि प्राविधिक शिक्षाको पहुँच पु¥याउने उद्देश्य परिपूर्ति गर्नको लागि स्थापना गरिने प्राविधिक शिक्षालयको व्यवस्थापनका लागि सिड फन्ड संकलन गर्ने उद्देश्यले रहेको अध्यक्ष पोखरेलले बताए ।

पोखरेलका अनुसार ८ दिनसम्म चल्ले महायज्ञमा ५ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.