www.tandavnews.com
Fact ~ In search of truth

घान्द्रुकको ग्रामीण सडकका लागि ५ लाख सहयोग

पोखरा ।

घान्द्रुकको खोलोभ्रो कुमाभ्री ग्रामिण सडकका लागी आर्थिक सहयोग आउने क्रम जारी रहेको छ ।

कास्कीको उत्तरी भेगमा रहेको अन्नपूर्ण गाउँपालिका बडा नं ११ घान्द्रुकमा पर्ने उक्त ग्रामीण सडक व्यबस्थापनका लागि घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरको हो ।

घान्द्रुक समाज हङकङका भुपू अध्यक्ष चन्द्र गुरुङ, सदस्य मन बहादुर गुरुङ तथा गीता गुरुङ लगायतले हङकङमा संकलित ५ लाख ६७ हजार ८ सय ८१ रुपैया निर्माण समतिका अध्यक्ष ध्रुब गुरुङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

सो अबसरमा बोल्दै समाजका भुपू अध्यक्ष गुरुङले हङकङमा कार्यरत बिभिन्न ब्यक्तिहरुबाट सो सहयोग रकम संकलन गरिएको बताउदै उक्त रकम संकलन गर्नमा समाजमा आबद्ध सदस्यहरु तथा साबिक घान्द्रुक ८ का चेलीबेटीहरुको महत्वपूर्ण योगदान रहेको बताए ।

उनले परदेशमा रहेर पनि आफु जन्मे हुर्केको गाउँलाई माया मार्न नहुने बताए । “आफ्नो गाउँ आफैले बनाउँनुपर्छ, उनले भने “बिकासको लागि सरकारी निकायलाई मात्र ताक्नु हुदैन त्यसैले हामी हङकङमा कार्यरत सबै मिलि सानो आर्थिक संकलन गरेका हौ यसले बाटो निर्माणमा थप टेवा पुग्ने बिश्वास लिएका छौ ।”

त्यस्तै आर्थिक सहयोग ग्रहण गर्दै निर्माण समितिका अध्यक्ष ध्रुब गुरुङले धन्यवाद सहित आभार प्रकट गरे । उनले आप्mनो गाउँलाई माया नमारेका सो सहयोगबाट प्रष्ट भएको उल्लेख गरेका थिए ।

कार्यक्रममा डाडाँगाउँ आमा समुहका अध्यक्ष राम कुमरी गुरुङ कोषाध्यक्ष डिलसुबा गुरुङ, राम कुमारी गुरुङ, चन्द्र गुरुङ लगायतले बोलेका थिए । कार्यक्रमको बिचमा घान्द्रुक समाज हङकङका सदस्य गीता गुरुङले डाडाँगाउँ आमा समुहलाई २० हजार १ सय रुपैया सहयोग प्रदान समेत गरेका थिए ।

निर्माण समितिका अध्यक्ष ध्रुब गुरुङ्गको सभापतित्वमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा सल्लाहकार खुश बहादुर गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने समितिका सचिब अरुण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.