www.tandavnews.com
Fact ~ In search of truth

घार्मीमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न

पोखरा
ताण्डव न्यूज ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १९को आयोजनामा घार्मीमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । नेचर केयर होम प्राली र निरोगी आयुर्वेद फर्माको प्राविधिक सहयोगमा भुमेश्वर प्रावीको प्राङ्गणमा सम्पन्न शिविरबाट ३०० जना लाभान्वित भए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रेडक्रस सोसाइटी कास्की शाखा अध्यक्ष डोलराज पाण्डेले कार्यक्रमको महत्वबारे दर्शाए । आयुर्वेदप्रति परापुर्वकालदेखि जनविश्वास रहिआएको जनाउँदै प्राकृतिक रुपमै रोगको निवारण गर्न यसले महत्वपुर्ण भुमिका खेलेको जनाए ।

Batas

डा. अनिल थापाले कुनै पनि डाक्टरको सल्लाह सुझावविना औषधीको प्रयोग नगर्न सुझाए । पछिल्लो समय झोलामै विभिन्न ब्यक्तीले औषधी बेच्ने गरेको उल्लेख गर्दै त्यस्तो औषधीमा विश्वास नगर्न आग्रह गरे ।

कविराज निरिक्षक शरद आचार्यले औषधी सेवन गर्नुपुर्व जानकारी लिएर मात्रै सेवन गर्नुपर्ने बताए ।

स्वास्थ्य अभियान्ता एवं सहित्यकार कृष्णप्रसाद गौतमले अन्य औषधीभन्दा आयुर्वेदीक औषधीको प्रयोगले स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने बताए । उनले आफ्नो अनुभव समेत साटेका थिए ।

रेडक्रस सोसाइटी कास्कीका उपसभापति दण्डराज शर्मा, वडा सदस्य होमनाथ आचार्य, योग प्रशिक्षक शारदा केसी, विजय दाहाल, कृष्ण राउत लगायतले आयुर्वेदको प्रयोगबारे जानकारी दिए ।

रेडक्रस सोसाइटी १९ का सभापति भरतराज आचार्यको अध्यक्षतामा सम्पनन कार्यक्रमको संचालन दुर्गा पौडेलले गरेका थिए । शिविरको जनजागरण आमा समुहले सहजिकरण गरेको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.