www.tandavnews.com
Fact ~ In search of truth

घिसिङको कार्यकालको तीन वर्ष पुरा, प्राधिकरण ७ अर्ब २० करोड नाफामा

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको जिम्मेवारी समालेको ३ वर्ष पुरा भएको छ ।

घिसिङ आफ्नो चार वर्षे कार्यकालको तीन वर्ष अत्यन्तै सफलपुर्वक पुरा गरेको बताएका छन्। तीन वर्ष पूरा भएको अवसरमा आज प्राधिकरणमै पत्रकार सम्मेलन गर्दै उनले लोडसेडिङ अन्त्य गरिछाड्ने आफ्नो उद्देश्य पूरा गर्न सफल भएको बताएका हुन्।

घिसिङ ०७३ भदौ २९ मा प्राधिकरणको मन्त्रिपरिषद्का निर्णयअनुसार प्राधिकरणको नेतृत्व सम्हालेका थिए। तत्कालीन प्रमुख कार्यकारी निर्देशक मुकेशराज काफ्लेले ०७३ भदौ २४ मा राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको थियो। उनी प्राधिकरणमै ११औँ तहमा निर्देशकको रुपमा रहेका थिए।

घिसिङले जिम्मेवारी सम्हाल्दा वर्षातमा ८ घण्टा, हिउँदमा १४ घण्टा लोडेसेडिङ खेप्नुपरेको थियो। त्यसको अन्त्य भएको छ । आफूले काम सुरु गर्दा नेपालमा ऊर्जा खपत वार्षिक रुपमा प्रतिव्यक्ति १ सय ५० युनिट रहेकोमा अहिले २ सय ४५ युनिट पुर्याएको उनको भनाइ छ।

आफ्नो कार्यकालमा वित्तीय सुधार समेत गर्न सफल भएको उनले बताए। आफु कार्यकारी निर्देशक हुनुअगाडि विद्युत् प्राधिकरण आठ अर्ब ८९ करोड नोक्सानीमा रहेको थियो। हाल ७ अर्ब २० करोड नाफामा रहेको घिसिङले बताए ।

तीन वर्षमा कुल ३ सय ७५ मेगावाट विद्युत् आफ्नो कार्यकालमा उत्पादन भएको उनले जानकारी दिए। आगामी दिनमा विद्युत खेर जान नदिन शतप्रतिशत आन्तरिक खपत तथा निर्यातलाई विशेष ध्यान दिने उनको भनाइ छ।

त्यस्तै अबका दिनमा अनलाइन तथा एकीकृत भुक्तानी प्रणाली अवलम्बन गरी सेवा सुविधालाई समयानुकूल परिमार्जन गर्दै जाने घिसिङले बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.