www.tandavnews.com
Fact ~ In search of truth

चलचित्रका सदावहार दशैं गीत

पोखरा
ताण्डव न्यूज ।

कोदो फुल्यो बारीमा, धानको बाला झुल्यो खेतमै,
कति राम्री देखिन्छौं जमरा र रातो टिकैमा
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो,
नेपालीजनको महानपर्व आगनमा आइपुग्यो
हो हो हो ..दशैं आयो…।

जब दशैं आउँछ तब नेपाली चलचित्र ‘मुग्लान’ को उक्त गीत बढी गुन्जिने गर्छ । चलचित्र प्रदर्शन भएको थुप्रै वर्ष भएपनि यसमा समावेश भएको गीत दशैं आउँदा रेडियो, टेलिभिजनमा सदावहार जस्तै बज्ने गर्दछ ।

Batas

दशैं लागेसँगै बढीमात्रामा बज्ने गीत सायद यही चलचित्रको नै हुनुपर्छ । आर्थिक अवस्था कमजोर भएपछि गरिबीले बनाएका दुख खाटालाई पुर्न विदेशमा गएर परिश्रम गर्ने नेपालीको कथा छ, यस फिल्ममा ।

फिल्मका पात्र बडा दशैं मान्नको लागि स्वदेश फर्किन्छ, त्यही सन्र्दभमा यो गीतले नायकको ग्रामीण बस्तीमा रंग भर्छ, उत्साहको रंग, खुशीको रंग ।

नेपाली चलचित्रमा उतिसारो चाडपर्वका गीतहरु समावेश गरेको पाइदैन् । चलचित्रमा जतीगीतहरु समावेश गरिएको छ प्राय सबै चर्चामा नै छन् । दशैंका गीतले चलचित्रको व्यापारलाई पनि फाइदा हुनेहुँदा केही चलचित्रले यसको फ्लो गरेको पनि पाइन्छ ।

एकादुई चलचित्रमा यस्ता गीतहरु समावेश गरेपनि दशैंमा ‘मुग्लान’ कै गीतले पर्व आएको छनक दिने गर्छ । आजकल चलचित्रमा धेरै मात्रामा गीत समावेश पनि गर्न छाडिएको अवस्थामा चाडपर्व सम्बन्धित गीत बिरलै भेटिन्छन् ।

निर्देशक शम्भु प्रधानको ‘नेपाल प्यारो छ’, नरेन्द्र थापाको ‘देशदेखि विदेशसम्म’, किरण प्रधानको ‘कस्तुरी’ , निर्देशक प्रमोद भण्डारीको ‘नतीजा’ चलचित्रहरुमा विदेशमा बसेका नेपालीहरुले दशैं मनाएको र दशैंमा नेपाल सम्झेका पलहरुलाई गीतमा उनिएको पाइन्छ ।

निर्देशक श्याम राइको ‘आँखा लोभी मन पापी’ चलचित्रमा विदेशमा काम गर्न गएका सन्तान व्यस्तताको कारणले दशैं मनाउन स्वदेश आउन नपाएको प्रसंग राखिएको छ ।

चलचित्र ‘जीवन रेखा’ मा अभिभावकसँग छुट्टिएर गएका छोराको पीडालाई चाडपर्वको अवसर पारेर पोखिएको छ । निर्देशक तुलसी घिमिरेले चलचित्र ‘लहना’ मा भारतीय बस्दै आएका नेपालीहरुले मनाउँदै गरेको दशैंको दृश्य समेटिएको थियो ।

यी बाहेक दशैं झल्कने पुरानो चलचित्र ‘मनमन्दिर’ को ‘रातो टिका दशैंमा’, चलचित्र ‘बसन्ती’ को ‘ दशैं दिक्पाल’, ‘राटो टिका जमरा’ चलचित्र ‘मेरो देश’ मा दशैंका सुन्दर गीतहरु समावेश भएका छन् ।

यी चलचित्रबाहेक अन्यमा दशैंको वातावरण चित्रण गरेको पाइन्छ । जस्तोकी, नारायण पुरीको ‘महादेवी’ मा ‘दुर्गा स्तोत्र जयन्ती मंगलाकाली भद्राकाली कपालिनी’ राखिएको छ । स्व. लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’ चलचित्रमा ‘ओखलमा चिउरा कुट्दा दशैंको बास आउँदो हो’ भनी उल्लेख गरिएको छ ।

निर्देशक अशोक शर्माको ‘अल्लारे’ एउटा गीत ‘रातो टिका निधारमा टलक्कै टल्कियो’ गीत पनि अतिनै लोकप्रिय बन्यो । यही असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘निर्जला’मा पनि दशैंको गीतलाई स्थान दिइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.