www.tandavnews.com
Fact ~ In search of truth

‘चालक निदाएका कारण’ सिँचाइ सचिव चढेको जीप त्रिशुलीमा खस्यो

धादिङको सलाङघाटबाट त्रिशूली नदीमा जीप खस्दा सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् ।
कपिलवस्तुबाट काठमाडौं फर्कने क्रममा उनी चढेको बा १ झ ३१४० नम्बरको जीप सिधा सडकबाटै त्रिशूलीमा नदीमा खसेको हो। सचिव यादवको शव फेला परेको गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिए । प्रहरीका अनुसार उनका छोरा सन्तोष र साथीकी छोरी उन्नति गुप्ता अझै बेपत्ता छन् ।
जीपका चालक निदाउँदा यो दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक निराजन अधिकारीको प्रहरीले उद्धार गरेको छ । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
बिहान पौने ३ बजेतिर जीप सडकबाट एक मिटर तल खसेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । बेपत्ताहरुको खोजी जारी छ ।
प्रहरी, सेना, स्थानीय र गोताखोर प्रयोग गरिएको छ । नदीमा बेपत्ता भएकाले जीवित्तै उद्धार गर्ने सम्भावना कम रहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारण जीप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.