www.tandavnews.com
Fact ~ In search of truth

चिकित्कस संघको गुनासोःसल्लाहबिनै उपचारका लागि प्रधानमन्त्री विदेश जानु गलत

काठमाडौं ।

प्रधानमन्त्री केपी ओली मेडिकल बोर्डको सल्लाह बिनै उपचारका लागि भन्दै बाहिर जानु गलत भएको भन्दै नेपाल चिकित्सक संघले गुनासो गरेको छ ।

उपचारका लागि सिगांपुर गई १० दिन अघिमात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओली हिजो फेरि सिगांपुर प्रस्थान गरेका छन् । ओली सिगांपुर गएसँगै विभिन्न शंकाआशंका उब्जिएको छ । उपचार गरेर आएको १० दिन बित्न नपाउँदै फेरि सिंगापुर नै जानुपर्ने अवस्था भएपछि ओलीको स्वास्थ्य अवस्थालाई लिएर आशंका उब्जिएका हो ।

Batas

मृर्गौला रोगी ओलीलाई डाक्टरले दिएको परिवर्तित औषधीले काम नगरेपछि ओली फेरि उपचारका लागि सिंगापुर जानुपरेको प्रधानमन्त्री सचिवालय स्रोतले हिजो जानकारी दिएको थियो । ओलीको शरीरमा क्रेटिनिनको मात्रा बढेका कारण मृर्गौलामा समस्या आएको प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलीप शर्माले बताएको जनाइएको छ ।

प्रधानमन्त्री ओलीको शरीरमा एन्टीबडी तत्व बढेको र त्यसलाई कम गराउन सिगांपुर जानुपरेको चिकित्सक शर्माको भनाई छ । तर स्वदेशमै उपचार हुनसक्ने रोगका लागि पनि निजि चिकित्सकहरुको सल्लाहमा मात्र विदेश जानु गलत भएको चिकित्सक संघको गुनासो छ ।

नयाँ औषधिले काम नगरे नयाँ मिर्गौला प्रत्यारोपण गर्ने विकल्प हुन्छ , तर ओलीले के गर्ने भन्ने अहिल्यै निश्चित नभएको सचिवालय स्रोतले जानकारी दिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.