www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा छब्बीसमा डेङ्गु

चितवन ।

जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ मा डेङ्गुको सङ्क्रमण देखिएको छ । यस अवधिमा एक हजार ३७० को डेङ्गु परीक्षण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन् । अन्य छिमेकी जिल्लाको रहेको उनले बताए । मुख्यरुपमा साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण हुने गर्दछ । गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो । जसमध्ये ३२ चितवनका रहेको केसीले बताए ।

गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो । आठ वर्षअघि जिल्लामा डेङ्गु सङ्क्रमणका रुपमा फैलिएको थियो । केसीका अनुसार सन् २०१० मा ७३९ मा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । जसमध्ये पाँचको मृत्यु भएको थियो । त्यसपछिका वर्षमा क्रमश सङ्क्रमण घट्दै आएको छ ।

डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.