www.tandavnews.com
Fact ~ In search of truth

चितवनमा वन्यजन्तु पालन नमूना केन्द्र

चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु पालनका निम्ति नमूना केन्द्र निर्माण गरिने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केन्द्र स्थापनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

Batas

विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार वन्यजन्तुको अध्ययन, अनुसन्धान, प्रजनन तथा पालन गर्ने व्यवस्था हुन लागेकाले ती वन्यजन्तु वितरण र पालनका सम्बन्धमा जानकारी दिने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को २०७३ मा भएको पाँचौँ संशोधनमा वन्यजन्तु पाल्न सक्ने व्यवस्था गरिएको छ ।

सोहीअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को पाँचौँ संशोधन मन्त्रिपरिषदमा छ ।

केन्द्र स्थापना भएसँगै त्यहाँबाट तोकिएका बीउप्राणी खरीद गरेर लैजान, अध्ययन, अनुसन्धान गर्न सहज हुने श्रेष्ठले जानकारी दिए ।

ऐनले उल्लेख गरेका वन्यजन्तु पाल्न चाहनेले सरकारले तोकेको राजश्व तिरेर पाल्न पाउने छन् । केन्द्रमा कसरी वन्यजन्तु पाल्न सकिन्छ भन्ने नमूनासमेत देखाइने उनको भनाइ छ । ऐनको अनुसूची १ मा नभएका मृग प्रजाति, चरा, सर्प, बदेल, बाँदरजस्ता जनावर पाल्न सकिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले कसरा नजिकै देवनगरमा केन्द्र बनाउने तयारी गरिएको बताए । सो ठाउँमा वन्यजन्तुको उद्धार केन्द्र बनिरहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.