www.tandavnews.com
Fact ~ In search of truth

चीनको हाइनान र गण्डकी प्रदेश अब देखि मित !

पाेखरा 

ताण्डव न्यूज ।
 गण्डकी प्रदेश र चीनको हाइनान प्रान्तबीच मितेरी साइनो कायम भएको छ । शुक्रबार गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा एक कार्यक्रम गरी गण्डकी र हाइनानका प्रतिनिधीबिच सातबुँदे समझदारी गर्दै मितेरी साइनो गाँसीएको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री तथा प्रवत्ता रामशरण बस्नेतले जानकारी दिए ।
गण्डकी सरकारका तर्फको सामाजिक विकास मन्त्री र चीनको हाइनान प्रान्तको तर्फबाट छु जुनले हस्ताक्षर गरे । गत असोज ९ गते गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चीन भ्रमण गर्दै चीनिया टोलीलाई पोखरामा आउन निम्तो दिएका थिए ।
छु जुनकै नेतृत्वमा १५ सदस्यीय चाइनीजहरुको टोली पोखरामा आएको हो । उक्त टोलीमा समाबेश उर्जाको समुह भने शनिबार मुत्तिनाथ जाने र त्यहाँ उर्जाको सम्भाब्यता अध्यन गर्ने मन्त्री बस्नेतले जानकारी दिए । नेपाली, अंग्रेजी र चाइनीज भाषामा तयार पारिएको एमओयू पत्र एक आपसमा साटासाट गरेपछि मितेरी सम्बन्ध कायम भएको हो ।
त्यस्तै पाँच वर्ष सम्म हरेक वर्ष चार जनाको दरले पूर्ण छात्रबृत्तिमा प्राविधिक शिक्षा अध्ययनका लागि गण्डकी प्रदेशबाट हाइनान पठाउने सहमति भएको उनको भनाई छ । प्राविधिक शिक्षा अध्ययनका लागि जाने विद्यार्थी छनोटका लागि भने प्रदेश सरकारले छिटै कार्यविधि बनाउने मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिब लालमणि ओझाले जानकारी दिए । नेपाल संघियतामा गएपछि दुई देशका प्रान्तहरुबीच भएको यो पहिलो मितेरी सम्बन्ध हो ।
त्यस्तै पोखरा महानगर र हाइनानको हाइकाओ महानगरबिच पनि शुक्रबार नै भगिनी सम्बन्ध गाँसिएको छ । पोखरा महानगरको तर्फबाट उपमेयर मञ्जु गुरुङ र हाइकाओका उपमेयर फाङजोङ्लीे एक पत्रमा हस्ताक्षर गर्दै भगिनी सम्बन्ध गाँसेका हुन् । चीनको टोलीले शुक्रबार पोखरामा रहेको शान्ति स्तुपा लगायतको ठाउँको अबलोकन समेत गरेको छ । शुक्रबार राती भने गण्डकी प्रदेश सरकारको तर्फबाट हाइनानको भ्रमण दलका सदस्यहरु बाराही होटलमा नेपाली सांस्कृतीक कार्यक्रम देखाइने कार्यक्रम छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.