www.tandavnews.com
Fact ~ In search of truth

जनएकता चोरी काण्ड : सहकारीका कर्मचारीमाथी नै शंका

पोखरा
ताण्डव न्यूज ।

पोखरा–८ सिर्जनाचोकमा रहेको जनएकता बचत तथा ऋण सहकारी संस्थामा भएको चोरी काण्डमा सहकारीकै कर्मचारीको संलग्नता रहेको हुन सक्ने शंका उब्जीएको छ ।

सामान्य सुरक्षा नअपनाएको सहकारीले यस अघि ९ लाख रुपैया कहिले सहकारीमा राखेको देखिदैन् । चोरी भएको रकम सहकारीको ठूलो कारोवार अन्तर्गत पर्छ । सोमबार राती जुन दिन घटना भयो त्यो दिन त्यहाँ त्यति धेरै रकम थियो भनेर कर्मचारी बाहेक अन्यलाई थाहा हुने कुरै भएन् । कर्मचारीले चाहेको भए इभिनिङ काउन्टर अन्तर्गत साँझ ७ बजेसम्म पैसा बैंकमा राख्न सक्थ्यो ।

Batas

आर्थिक कारोवार गर्ने संस्थाले उल्टो नजिकै प्रहरी चौकी भएको हुनाले त्यति सतर्कता नअपनाएको बताएको थियो । रकम सहकारीको टेबलको घर्रामा रहेको अरुलाई थाहा नहुने एक सहकारी स्रोतले बताए ।

‘कर्मचारीलाई बाहेक अरुलाई थाहा हुने कुरै भएन्, त्यसैमाथी त्यस्तो व्यस्त ठाँउमा चोरी भयो,’ स्रोतले भन्यो, ‘हुन पनि सहकारीबाट एक सय मिटर अघि प्रहरी चौकी छ, सहकारीसँगै जोडिएको रेडियो जनानी, नजिकै मेट्रोसिटि अस्पताल छ, जति वेला पनि चहलपहल हुने ठाँउ हो ।’
नजिकै प्रहरी चौकी भएर पनि चोरी भएको भनेपछि वडा प्रहरी कार्यालय वैदामका प्रमुुख तथा डिएसपी नविन कार्कीले कतै प्रहरी डिउटी समयमा अन्त त थिएनन् भनेर सीसी क्यामेरा हेरे । प्रहरी २ बजेसम्म त्यहाँ खटिएको देखिएको छ । लगभाग ३÷४ बजेदेखि मेट्रोसिटिमा विरामी जचाउने आउनेको भिड हुन्छ ।

समय हेर्दा १ देखी २ बजेको विचमा चोरी भएको हुन सक्ने एक प्रहरी अधिकृतले बताए ।

‘न हुनु भई हाल्यो तर सहकारीले गार्ड राखेको भए चोरीनै हुने थिएन्,’ उनले भने, ‘अर्को कुरा सीसी क्यामेर राखेको भए चोर पहिचान हुन सजिलो हुन्थ्यो केही पनि छैन । त्यति मात्र हो ?, सहकारी जस्तो संस्थामा भल्ट छैन । कर्मचारीको पनि कस्तो बिवेक हो घर्रामा ९ लाख राखेर हिड्ने ।’

अनुसन्धान भईरहेको हुनाले यस विषयमा बोल्न नमिल्ने वडा प्रहरी कार्यालय वैदामका प्रमुख तथा डिएसपी नविन कार्कीले बताए ।

‘अहिलेनै कर्मचारीको संलग्नता छ छैन भन्न मिल्दैन, हामी अनुसन्धानमै छौ,’ उनले भने, ‘सबैसँग सोध पुछ चल्दै छ ।’

छानविन समितिले बुझ्दै छ : संस्थापक सचिव पाण्डे

सहकारीका संस्थापक सचिव शुनिल पाण्डेले कर्मचारीको संलग्नता छ या छैन भन्ने विषयमा अहिले केही बोल्न नमिल्ने बताए ।

‘हामीले आन्तरिक छानविनको लागि ५ सदस्य छानविन समिती बनाएका छौ, जसले निष्पक्ष रुपमा छानविन गर्छ, छानविन समितिमा कर्मचारी र बोर्ड सदस्य राखेका छैनौ । समितिले आवश्यक परे जसलाई जति वेला पनि सोध्न सक्छ । जहाँसम्म कर्मचारीको संलग्नता भन्ने कुरा आएको छ त्यो अहिले केही भन्न मिल्दैन् । यसमा प्रहरीले पनि अनुसन्धा अघि बढाएको छ, वास्तविक कुरा पछि बाहिर आउला ।’

याे पनि पढ्नुहाेस्

जनएकता सहकारीकै चरम लापरवाहीका कारण चोरी

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.