www.tandavnews.com
Fact ~ In search of truth

जनताको विश्वास कायम राख्न चुनाव जित्नैपर्छःनेता रिजाल

पोखरा ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न कांग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, कांग्रेस सत्तामा पनि पुग्दैन तर कांग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ ।’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव कांग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

कास्की कांग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ । पोखराका ११ वटै वडाभित्रका सबै टोलमा कांग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.