www.tandavnews.com
Fact ~ In search of truth

जनताको स्वास्थ्य सरकारको पहिलो दायित्व : मन्त्री बस्नेत

पोखरा ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले स्वस्थ जनता नै समृद्धिको आधार भएको बताएका छन ।

कास्की जिल्लाको रुपा गाउँपालिका–१ बाह्रपिर्केमा नवनिर्मित थुम्की स्वास्थ्यचौकी भवन तथा स्वास्थ्य जाँच प्रयोगशाला बिहीबार (हिजो) उद्घाटन गर्दै उनले आधारभूत स्वस्थ्य सेवा प्रदान गर्नु सरकारको पहिलो दायित्व भएको बताए ।

Batas

इम्पावर नेपाल फाउण्डेशनका अध्यक्ष एवं अमेरिकाको मिचिगन विश्वविद्यालयका प्रा .डा मुरारी सुवेदीले रुपाको स्वास्थ्य, भौतिक विकास, खानेपानी, कृषिलगायत क्षेत्रमा हालसम्म चार करोड ५० लाख रुपैँया लगानी भइसकेको र त्यसबाट स्थानीय जनताको जीविकोपार्जनमा समेत सहयोग पुगेको बताए ।

उक्त गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गाउँ पालिकामा रहेका पाँच स्वास्थ्यचौकीमा इम्पावर नेपाल फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा प्रयोगशाला सञ्चालन भएको बताए ।

आगामी मङसिर महीनाभित्र सबै स्वास्थ्यचौकीमा औषधालयको समेत व्यवस्था गरिने जानकारी दिए।स्वास्थ्य मन्त्रालयको दुई करोड ३० लाख रुपैँया आर्थिक सहयोगमा साढे दुई तल्ले सुविधा सम्पन्न उक्त भवन निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिए ।

पोखरा महानगरपालिकास्थित बैदाम वडा प्रहरी कार्यालयको हातामा २५ लाख ४९ हजार ६ सय ७६ को लागतमा पाँचकोठे ट्रष्ट भवन निर्माण गरिएको छ ।

समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्न खट्ने नेपाल प्रहरीको भौतिक पूर्वाधारको अभावलाई महसुस गरी नागरिकको सक्रियतामा अर्थ सङ्कलन गरी प्रहरी ब्यारेक, भोजनालय र थुनुवा कक्ष निर्माण गरिएको हो ।      रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.