www.tandavnews.com
Fact ~ In search of truth

जनताले वैकल्पिक शक्ति खोजेका छन्ःरजनी

पोखरा ।

मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताए । तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरे।

सबैभन्दा पहिला उम्मेदवारको टुंगो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए ।

यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.