www.tandavnews.com
Fact ~ In search of truth

जनप्रतिनिधि र पार्टीको सम्बन्ध बलियो हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश इञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र जनअपेक्षालाई पूरा गर्न जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई बलियो बनाउन अपरिहार्य भएको बताएका छन् ।

नेकपा कास्की जिल्ला कमिटीद्वारा विजयादशमी, शुभदीपावली, नेपाल संवत्, छठ, इद, लोसार एवं माघी पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले प्रदेशका ११ जिल्लामा पार्टी संयन्त्र निर्माण गर्दै जनभावनाअनुरुप अघि बढिरहेको बताए ।

Batas

पार्टी सङ्गठनलाई वडा तहसम्मै व्यवस्थित गरी योग्यता, क्षमता, त्याग र रुचिका आधारमा जिम्मेवारी प्रदान गरिने उल्लेख गर्दै उहाँले विकास र समृद्धिका लागि क्रियाशील बन्न कार्यकर्तालाई निर्देशन दिए । संविधानको पूर्णरूपमा कार्यान्वयन गरी सङ्घीय संरचनाको सफलताका लागि जनस्तरसम्म पार्टीलाई पु¥याइने बताउँदै मुख्यमन्त्री गुरुङले जनप्रतिनिधि जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।

नेकपा गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले सरकारले गरेका महत्वपूर्ण कामलाई स्थानीय तहसम्म पु¥याउन पार्टी कमिटी र जनप्रतिनिधि सङ्गठित भएर लाग्नुपर्ने बताए । नेकपा प्रदेश अध्यक्ष हितराज पाण्डेले पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा सङ्गठन निर्माण पहिलो प्राथमिकतामा रहेको बताए ।

पार्टी संयन्त्र कास्कीका सदस्य कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा दामोदर वैरागी र बखानसिंह गुरुङले चार वर्षभित्र जनताको पक्षमा काम नगर्ने जनप्रतिनिधिलाई पार्टीले कारवाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पनि उपस्थिति थियो । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.