www.tandavnews.com
Fact ~ In search of truth

जनवरी १८ र १९ मा रोट्रयाक्टको ११ औँ डिस्ट्रिक्ट कन्फरेन्स

 

पोखरा ।

११ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स जनवरी १८ र १९ तारिखमा हुने भएको छ । रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२, नेपाल र भुटानले ११ औँ रोट्रयाक्ट डिस्ट्रिक्ट कन्फरेन्स बुटवलको मणिग्राम गर्ने पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

रोटर्याक्टले आयोजना गर्न लागेको उक्त कन्फरेन्समा देश भर छरिएर बसेका रोटर्याक्ट क्लबहरुबाट १, हजार युवा प्रतिनिधिहरु सहभागी हुने रोट्रयाक्टको अनुमान छ। क्रिएटिंग स्पेसेस फर युथ ९युवाहरुको लागि स्थान सृजना भन्ने थिममा हुन लागेको कन्फरेन्स २ दिन चल्नेछ । कन्फरेन्स बुटवलको मणिग्राममा रहेको ड्रिमल्याण्ड रिसोर्ट सञ्चालन हुनेछ ।

रोट्रयाक्ट जस्तो सामजिक संस्थाहरुको स्थान कस्तो भनेर बुझाउनको लागी सो थिममा कन्फरेन्स आयोजना गरिएको रोट्रयाक्टले जानकारी दियो ।सम्मेलनमा युवाहरु लक्षित विभिन्न सत्र, तालिम, र छलफल पनि गर्ने भएको छ। रोट्रयाक्ट सदस्यहरुलाई प्रोत्साहन गर्न युवा राजनीतिक नेताहरु, प्रशिक्षकहरु, सामाजिक अभियान्ताहरु, सरकारी कर्मचारीहरु श्रोत व्यक्तिका रुपमा सम्मेलन सहभागी हुनेछन्। साथै केहि युवाहरुसँग काम गर्ने गैर सरकारी संस्थाहरु पनि सम्मेलनमा समावेश हुँदै छन्।

रोट्रयाक्ट क्लब अफ बुटवल, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी, रोटर्याक्ट क्लब अफ भैरवहा, रोटर्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउन र रोट्रयाक्ट क्लब अफ थेम्स इन्टरनेशनल कलेज मिलेर होस्ट गर्दै आतिथ्यताको जिम्मेवारी बहन गरेका छन। उक्त कार्यक्रमका मुख्य आकर्षण डिस्ट्रिक्ट गभर्नर रो.चिन्तामणि भट्टराई, डिस्ट्रिक्ट गभर्नर नोमिनी रो. राजीव पोख्रेल,माननीय सांसद गगन थापा, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव प्रसाद ढुंगेल र युवा राजनीतिक नेता रहबर अन्सारी रहेकाले अन्य समयको भन्दा यस बर्षको सम्मेलन फरक रहेको आयोजक समितिले बताएका छन।

नेपालमा रोटर्याक्ट क्लब रोटरी इन्टरनेशनलसँग आवद्ध युवा सामाजिक संस्था हो। रोट्रयाक्ट क्लब रोटरी क्लबको युवा भ्रातृ संस्था हो । हाल नेपालमा १ सय २६ वटा क्लबहरु छन्। ५ हजारको हाराहारीमा सदस्य भएको यस संस्थाले विभिन्न सामाजिक कार्यहरु र नेतृत्व विकासमा कामहरु गर्दै आएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.