www.tandavnews.com
Fact ~ In search of truth

जनसेवी लघुवित्तको नाफा ३२ लाख

पर्वत ।
जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले नाफा आर्जन गरेको हो । हाल यस वित्तीय संस्थाको अधिकृत पूँजी रु ३० करोड, जारी पूंजी रु.१४ करोड रहेको छ भने चुक्ता पूंजी रु.९ करोड ८० लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए ।

कार्तिक मसान्त सम्म १४ करोड ३६ लाख ६२ हजार २० रुपैया बचत संकलन गरेको छ । संस्थाले ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्व ४४ करोड ४३ लाख ७२ हजार ५ सय कर्जा प्रवाह गरी ९५ करोड ८३ लाख १३ हजार ५ सय ८१ असुली गरेको मा हाल ४८ करोड ६० लाख ५८ हजार ९ सय १९ रुपैया लगानी गरेको छ ।

Batas

यस वित्तीय संस्थाले सर्बसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी सकेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले जानकारी दिए ।

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको लघुवित्त संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ ।यस वित्तीय संस्थाले स्वीकृत कार्यक्षेत्र भित्र शाखा विस्तार गरी हाल सम्म २५ वटा शाखा कार्यालय पुरयाइसकेको छ ।

छिट्टै यस वित्तीय संस्थाले थप कार्यक्षेत्रको रुपमा ५ जिल्ला (स्याङ्जा, पाल्पा, मकबानपुर, दाङ र चितवन) लाई थपको प्रस्ताब सहित स्वीकृतीका लागी नेपाल राष्ट्र बैंक समक्ष निवेदन पेश गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.