www.tandavnews.com
Fact ~ In search of truth

जन्मथलो आएका प्रदेश प्रमुख प्यासीको पञ्चेबाजासहित स्वागत

पोखरा ।

प्रदेश नम्वर १ का प्रमुख सोमनाथ अधिकारी प्यासी आफ्नो जन्मथलो पोखरा १६ वाटुलेचौर पुगेका छन् ।

प्रदेश प्रमुख भएपछि पहिलो पटक जन्मथलो पुगेका प्यासीलाई स्थानियवाशीले स्वागत सहित सम्मान गरेका छन् । मंगलवार उनको स्वागतमा पोखरा १६ मा रहेका विभिन्न दलका नेता, कार्यकर्ता, सामाजिक व्यक्तिहरु, आमा समुह, क्लव, विभिन्न संघ संस्थाका प्रतिनिघी र स्थानियवाशी लामवद्घ भई प्रमुख प्यासीलाई फुल माला र खादा लगाई सम्मान गरेका थिए ।

Batas

उनको सम्मानमा स्थानियहरु पञ्चेवाजाको टोली सहित निवासमै पुगेका थिए । प्यासीलाई स्वागत गर्न वालवालिका देखि ८० वर्ष कटेका जेष्ठ नागरिक पनि सडकमा लामवद्घ भएका थिए । उनीहरुले प्यासीलाई प्रदेशको प्रमुख जस्तो गरिमामय पदमा पुगेकोमा वधाई दिदै पदको गरिमालाई थप उचो वनाउन आर्शिवाद समेत दिएका थिए ।

उनलाई स्वागत गर्न संघिय संसदका सांसद खगराज अधिकारी, नेकपा कास्कीका ईन्चार्ज राजकाजी गुरुङ, गण्डकी प्रदेशका सांसद कुमार खड्का, प्रभा कोइराला, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा लगायतका वाटुलेचौर पुगेका थिए । प्यासीलाई उनको निवासमा प्रहरीको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

प्रदेश प्रमुख प्यासीलाई स्थानिय प्रगतिशील आमा समुहले पनि एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।उनी आज दिनभर जसो नै आफ्नै निवासमा भेटघाटमा व्यस्त रहे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.