www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिनमा आश्रमलाई सहयोग

 

बागलुङ ।

समाजसेवी लालचन्द्र राजभण्डारीले जन्मदिनका अवसरमा मानव सेवा आश्रम बागलुङलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् ।बिहीबार आश्रममा ७५औँ जन्मदिन मनाउँदै राजभण्डारीले उक्त रकम हस्तान्तरण गरे ।

‘मानवताको सेवा नै धर्म हो’ उनले भने, “आश्रम सञ्चालन र व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेको हुँ ।” जन्मदिन पारेर राजभण्डारीले गर्नुभएको सहयोग अनुकरणीय रहेको आश्रमका व्यवस्थापक मनिष रायमाझीले बताए।

तीन वर्षअघि खुलेको आश्रमले १९ जना साहाराविहीनलाई आश्रय दिएको छ । बागलुङलाई सडक मानवमुक्त बनाउने अभियानमा आश्रम लागिपरेको छ । विभिन्न सहयोग, चन्दा र दानबाट आश्रम सञ्चालन हुँदै आएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.