www.tandavnews.com
Fact ~ In search of truth

जन्मदिन मनाउने खर्च किरियापुत्री भवनलाई सहयोग

दमौली ।

तनहुँको दमौली निवासी भूपाल आलेले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका–३ मा निर्माण भइरहेको किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्रदान गरेका छन ।

जन्मदिन मनाउँदा हुने फजुल खर्च जोगाएर आलेले भवन निर्माणका लागि ५५ हजार ५ सय ५५ प्रदान गरेका हुन । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम हस्तान्तरण गर्दै उनले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्नु उत्तम हुने बताए ।

निर्माण समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि सहयोग गरेकामा आलेलाई धन्यवाद ज्ञापन गर्दै भवन निर्माणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए । व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन आठकोठे भवन ५० लाख रुपैँयाको लागतमा निर्माण हुदैछ ।

उक्त भवनमा व्यास नगरपालिकाले ८० प्रतिशत लगानी गरेको छ भने २० प्रतिशत रकम सर्वसाधारणसँग सङ्कलन गरिने लम्सालले जानकारी दिए ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.