www.tandavnews.com
Fact ~ In search of truth

जर्मनबाट आईपुग्यो निर्माणाधीन एथ्लेटिक्सकाे सेन्थेटिक ट्रयाकको सामान

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखराको रङ्गशालामा निर्माणाधीन सेन्थेटिक ट्रयाकको लागि पहिलो चरणको सामाग्री आज (शनिबार) आईपुगेको छ ।

एथ्लेटिक्सका लागि बन्दै गरेको सेन्थेटिक ट्रयाकको ६० म्याट्रिक टन समाग्री जर्मनबाट ल्याईएको निर्माण कम्पनी (एमए कन्सट्रक्सन प्राईभेट लिमिटेड) का प्रोजेक्ट म्यानेजर ईन्जिनियर दिपक बरालले जानकारी दिए ।

Batas

उनले अबको केही दिनमै ट्रयाकमा बिछ्याईने बताए । ‘पहिलो लटको सामान आईपुग्यो, उनले भने, ‘अब दुई लटमा आएपछि ट्रयाकको लागि सामान पर्याप्त हुन्छ ।’

उनले निर्माणाधिन रङगशालाको ४५ प्रतिशत काम सकिएको बताए । उनले आगामी कात्तिक १५ भन्दा अगाडी नै काम सक्नेगरी तिब्र गतिमा निर्माणका काम भैरहेको उल्लेख गरे ।

ईन्जिनियर बरालका अनुसार अहिले पिचको पुर्वतयारीका ब्रसिङ लगायतका काम भैरहेको छ । ‘अहिले पानीले डिस्टर्ब गरिरहेको छ, पानी रोकिएको खण्डमा अबको ३ दिनमा पिच गर्ने तयारी छ’ उनले भने । उनले पिच गरेसँग सँगै फुटबल मैदानको लागि घाँस उमार्ने कामको थालनी गर्ने समेत जानकारी दिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तोकिएकै मिति अगावै रङ्गशालाको निर्माण सम्पन्न हुने बताए । ‘रातदिन निर्माणका काममा खटाएका छौ उनले भने, जसरी पनि रङ्गशाला बन्छ सागको महिला तर्फको फुटबल यही मैदानमा हुन्छ ।’

गुरुङले साग खेलकुद पोखरेलीहरुको लागि ईतिहास कोर्न मौका भएकाले सम्पन्न गर्न सबै लाग्न आवश्यक रहेको बताए । उनले केही दिन अगाडी पोखरा महानगरका प्रमुख मान बहादुर जिसीले रङ्गशालाको स्थलगत अवलोकन गरेको बताउदै मेयर जिसी सकरात्मक रहेको समेत उल्लेख गरे ।

सदस्य गुरुङले फरक प्रसंगमा बीच भलिबलका लागि फेवा किनारमा निर्माण भैरहेको मैदानको काम २० दिनमा सक्ने गरी भिम पराजुली लगायतको टोली लागेको बताए । उनले सो जग्गा नेपाल ट्रस्टको भएकाले कागजी प्रक्रियाको काम भैरहेको बताउदै त्यस लगत्तै निर्माण थालिने जानकारी दिएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.