www.tandavnews.com
Fact ~ In search of truth

जलकुम्भीको दीर्घकालीन समाधान खोज्न राप्रपा युवा संगठन कास्कीको माग

पोखरा ।

 

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्य समिति कास्कीले फेवातालको जलकुम्भी झार हटाउन भईरहेको ढिला सुस्तीप्रति ध्यानाकर्षण गराएको छ ।

हरेक वर्ष फेवातालमा छपक्कै मौलाउने झलकुम्भी झारले फेवाताल संरक्षणमा देखिएको समस्याको दिर्घकालिन समाधान खोज्न संगठनले प्रेस विज्ञप्ति मार्फत माग गरेको छ । स्थानिय सरकार र सम्बन्धित निकायले झलकुम्भी निकाल्ने कार्यमा लापरबाही र ढिलासुस्ती गर्दै आएको संगठनको आरोप छ ।

Batas

संगठनले फेवाताल स्थित ड्यामसाईडमा रहेको ड्याम अत्यन्तै पुरानो र जिर्ण भएको तर्फ सचेत गराउँदै त्यसबाट भविष्यमा हुनसक्ने दुर्घटनाबाट बच्न आधुनिक प्रविधीको प्रयोग गरि पुननिर्माण गर्न स्थानिय सरकारलाई आग्रह गरेको छ ।

युवा संगठनले पोखरा बढीरहेको लागूऔषध कारोबारतर्फ स्थानिय सरकारको ध्यानाकर्षण गराएको छ ।लागूऔषध नियन्त्रण, पोखराका सडकहरु मर्मत संम्भार, सरसफाई, भौतिक पूर्वधारको विकास तथा पूननिर्माणमा भईरहेको चलखेल तथा अनियमिततामाथि छानबिन गर्न संगठनले माग गरेको छ ।

ज्ञानेन्द्र शाही माथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै संगठनले निर्घाट कुटपिटमा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.