www.tandavnews.com
Fact ~ In search of truth

जातीय विभेद विरुद्धका अभियान्ता भगतसर्वजीतको सम्झनामा गलकोटमा सङ्ग्रहालय

गलकोट ।

जातीय विभेद् विरुद्धका अभियान्ता स्व .भगतसर्वजीत विश्वकर्माको सम्झनामा सङ्ग्रहालय निर्माण गर्न थालिएको छ ।

जिल्लाको बागलुङ नगरपालिका–७ ठारास्वारास्थित उनकै जन्मस्थानमा सङ्ग्रहालय निर्माण थालिएको भगत सर्वजीत विश्वकर्मा प्रतिष्ठानले जनाएको छ ।

Batas

जातीय विभेद् विरुद्ध उनले गरेका सङ्घर्षकोे विवरण, उनले अध्ययन गरेको धार्मिक पुस्तक, उनीद्वारा लिखित पुस्तकका साथै विभिन्न परम्परागत संस्कृति झल्काउने सामग्री सङ्ग्रह गर्न सङ्ग्रहालय निर्माण गर्न थालिएकोे उक्त प्रतिष्ठानका अध्यक्ष ओमबहादुर विश्कर्माले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयको १० लाख रुपैयाँको लागतमा सङ्ग्रहालयको भवन निर्माण शुरु गरिएको हो । प्रतिष्ठानले विश्वकर्माको सम्झनामा सङ्ग्रहालय र पार्क बनाउने गरी योजना तयार पारेको छ । “हामीले पहिलोचरणमा सङ्ग्रहालयको भवन निर्माण गर्नेछौं,” उनले भने,“योजना अनुसारको सङ्ग्रहालय तथा पार्क निर्माणका लागि आवश्यक बजेट अभाव छ ।”

अध्यक्ष विश्वकर्माका अनुसार सङ्ग्रहालय तथा पार्क निर्माणका लागि दुई करोड ६० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसका लागि स्थानीयवासी लालबहादुर विश्वकर्माले चार आना जग्गा निःशुल्क उपलव्ध गराएका हुन्।

सङ्ग्राहलय तथा पार्क निर्माण भएपछि स्व. विश्वकर्माको जीवनी बुझ्न तथा आन्तरिक पर्यटन प्रर्वद्धनका लागि सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।विसं १९५० चैतमा बागलुङ नगरपालिका–७ ठाडास्वारा जन्मनुभएका उनले भारतको बनारसमा संस्कृत विद्या अध्ययन गरी १९९७ नेपाल आएर जातीय विभेद विरुद्ध आन्दोलन गरेका थिए।

प्रतिष्ठानले अगाडि सारेको योजनाका लागि प्रदेश, केन्द्रीय तथा स्थानीय सरकारसँग बजेट विनियोजनका लागि पहल भइरहेको वडाध्यक्ष खगराज पाण्डेयले बताए ।विश्वकर्माले हिन्दू धर्म अध्ययन गरी धार्मिक सहिष्णुता भङ्ग गरेको भन्दै स्थानीयवासीले उनको आश्रम भत्काएका थिए भने सरकारले १७ महीनासम्म कारागारमा कठोर यातना दिएर राखेको थियो । कठोर यातनापछि ६० वर्षको उमेरमा उनको निधन भएको थियो ।

जातीय विभेद् विरुद्ध सचेना अभियान चलाएको भन्दै उनको मार्गदर्शनलाई आत्मसाथ गर्न उक्त प्रतिष्ठान स्थापना गरी उनकै नाममा थुपै्र सामाजिक काम हुँदै आएको अध्यक्ष विश्कर्माले बताए ।सङ्ग्रहालय शनिबार गण्डकी प्रदेश सांसद् इन्द्रलाल सापकोटाले शिलान्यास गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.