www.tandavnews.com
Fact ~ In search of truth

जापानको लागि अनलाईनबाट परिक्षा दिन पाउने

पोखरा,
ताण्डव न्यूज ।

नेपालमा पहिलो पटक जापनिज भाषा परिक्षा अनलाईनबाट दिन पाउने भएको छ । मोग सर्भिस प्राईभेट लिमिटेड नेपालले पोखराबाटै अनलाईन मार्फत दिने व्यवस्था गरेको हो ।

मंगलबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै मोग सर्भिसका सीइओ ओमहरि प्रजापतिले फेब्रअरी १६ बाट अनलाईन परिक्षा संञ्चालनमा आउने बताएका छन् । ‘जापानिज भाषा परिक्षा धेरैवटा भएपनि नतिजा थाहा पाउन लामो समय कुर्नुपर्छ,’ उनले भने, ‘त्यसैले परिक्षासंगै नतिजापनि सजिलै थाहा पाउन सकिने व्यवस्था संञ्चालनमा ल्याएको हो ।’

विद्यार्थी तथा अन्य सेवाग्राहीको सुविधालाई मध्येनजर गदै मोग सर्भिस प्रालिले जापानको एन एस जी ग्रुपद्धारा संचालित सर्टीफाई ईन्कसंगको सहकार्यमा प्राक्टिकल जापानिज कम्युनिकेसन परिक्षा सुरु गरिएको ओमहरि प्रजापतिले जानकारी दिए ।

जापानको अध्यागमन विभागले मान्यता दिएको यो परिक्षा प्रणालीमा परिक्षार्थीले प्रत्येक हप्ता परिक्षा दिन पाउनेछ । यसले जापानिज भाषा परिक्षामा प्रयोग हुने ल्छ देखि ल्घ लेभल सम्मको जांच एकैपटकमा गर्नसक्नेछ ।

सन् १९७६ स्थापना गरिएको एनएसजी ग्रुपले परिक्षा संचालन गर्न सर्टिफाई ईन्क सहित ३ विश्वविद्यालय र ३० वटा कलेज संचालन गरेको ईन्कका डाइरेक्टर मासाको किमुराले जानकारी दिए ।
पीजेसी परिक्षा सन् २०१३ बाट सुरु गरेको सर्टीफाई ईन्कले २०१५ बाट पीजसी ब्रिज परिक्षा संचालन गर्न सुरु गरेको र हालै सातवटा विभिन्न क्षेत्रमा २७ वटा विषयको परिक्षा लिदै आएको आयोजकले जनाए

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.