www.tandavnews.com
Fact ~ In search of truth

जिम्मेवारी तोक्न बाँकी सदस्यकोे प्रतिवेदन तयार गर्दै नेकपा महासचिव पौडेल

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका जिम्मेवारी तोक्न बाँकी सदस्यहरुको इच्छा बुझेर प्रतिवेदन तयार गर्ने काम भइरहेको जनाइएको छ ।

नेकपाका महासचिव विष्णु पौडेलले पार्टी जिम्मेवारीबारे नेताहरुको इच्छा बुझेर प्रतिवेदन तयार गरिरहेका हुन् । जिम्मेवारी तोक्न बाँकी अधिकांश सदस्यहरुलाई उनीहरुको रुची र दक्षताबारे सोध्ने काम सकिएको पार्टी स्रोतले जनाएको छ ।

Batas

एक –दुई दिनमा प्रतिवेदन पनि तयार हुने जनाएको छ । पार्टीको अनुसार ४ सय ४१ केन्द्रिय सदस्यमध्ये अध्यक्ष र महासचिवसहित १ सय ६९ जनाको जिम्मेवारी तोक्न बाँकी रहेको छ ।

महासचिव पौडेलले स्थायी र केन्द्रीय समिति सदस्यले दिएको सल्लाहसुझाव र राखेको रुचीलाई जस्ताको त्यस्तै राखेर प्रतिवेदन तयार गर्ने जनाइएको छ ।

महासचिव पौडेलले तयार पारेको प्रतिवेदन यही साउन २८ गते बोलाइएको बैठकमा पेश गर्नेछन् ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.