www.tandavnews.com
Fact ~ In search of truth

जुन ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकलाई खान बस्न सबै निशूल्क

काठमाडौँ–पोखरा निशूल्क बस सेवा

पोखरा
ताण्डव न्युज ।

जुन ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकहरुले निशूल्क खाने बस्ने सुविधा पाउने भएका छन् । संसारकै जेठो हिमालको नाम पाएको अन्नपूर्ण हिमाल (८०९१) को सफल आरोहण भएको दिनको सम्झनामा पोखराका पर्यटन ब्यवसायीहरुले फ्रान्सेली पर्यटकहरुलाई यो सुविधा दिने भएका हुन् ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग सहितको टोलीले पहिलो पटक अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको सम्झनामा जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाइँदै आएको छ । जुन ३ मा मौरिस हर्जोगको टोलीले ८ हजार मिटर भन्दा अग्लो हिमाल पहिलो पटक आरोहण गरी विश्व कीर्तीमान रचेका थिए ।

Batas

अन्नपूर्ण हिमालको सफल आरोहण पछि नै पोखरा र अन्नपूर्ण सेरोफेरोमा पर्यटकको चहलपहल बढेकोले यस वर्ष जुन ३ मा पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई खान बस्न निशूल्क ब्यवस्था गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए ।

‘टानले विगतका वर्षहरु देखि नै जुन ३ लाई अन्नपूर्ण डे को रुपमा मनाउँदै आइरहेकै छ,’ अध्यक्ष भूजेलले भने, ‘संसारकै १० औँ अग्लो तर, पहिलो पटक सफल आरोहण भएको दिनलाई हामीले विर्सिन हुँदैन भनेर हामीले यस पटक टुगेदर फर टुरिजम भन्ने नाराका साथ मनाउन लागेका हौँ ।’

उनले जुन ३ मा काठमाडौँबाट पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई निशूल्क बस सेवा तथा पोखरामा खाना र बास सेवा रहेको पनि बताए । ‘नाटाले त्यो दिन पोखरा आउने फ्रान्सेली पर्यटकहरुलाई निशूल्क ल्याउँछ,’ उनले भने, ‘पोखरा आएपछि स्वागत सत्कार गरी बासको लागि लगिन्छ ।’ त्यस्तै जुन ३ मा हवाई यातायातको माध्यमबाट पोखरा आउने फ्रान्सेली पर्यटकहरुले पनि निशूल्क खाने बस्ने सुविधा पाउनेछन् । राहदानी हेरेर उनीहरुलाई बास बसाइनेछ ।

त्यस्तै जुन ४ मा तिनै फ्रान्सेली पर्यटकहरुलाई दिवा खाजाको ब्यवस्था रेवान पश्चिमाञ्चलले गर्नेछ । त्यस्तै अग्रिम बुकिङ गरेर जुन ३ मा पोखरा आउने फ्रान्सेलीहरुले पनि यो सुविधा पाउने छन् । टान पश्चिमाञ्चलले अन्नपूर्ण डेको पूर्व सन्ध्यामा कास्कीकै याङ्जाकोटमा रहेको होमस्टेमा विभिन्न कार्यक्रम गरेर उत्सव मनाउने छ ।

यसबारे टान पश्चिमाञ्चलले पर्यटन बोर्ड मार्फत फ्रान्सेली राजदुतावासमा पनि यसबारे जानकारी गराएर फ्रान्सेली पर्यटकलाई पोखरा आउने वातावरण बनाइने भूजेलले बताए । पछिल्लो समय पोखरा र अन्नपूर्ण पेरिफेरीमा फ्रान्सेली पर्यटकहरुको बाक्लो उपस्थिती रहने गरेको उनको भनाई छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.