www.tandavnews.com
Fact ~ In search of truth

जेठ ३१ देखि पोखरामा जेसीज सप्ताह

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेडी जेसीजले यहि जेठ ३१ गते देखि असार ५ सम्म जेसीज सप्ताह २०१९ गर्ने भएको छ । ‘सामाजीक उत्तरदायित्वमा महिला अग्रसरता प्रभावकारीता नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ जेसीज सप्ताह मनाउन लागिएको पोखरा लेडी जेसीजले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

साताब्यापी कार्यक्रममा निशूल्क स्वास्थ्य शिविर, विभिन्न खालका तालीम, खाद्यन्न सामाग्री वितरण, फरक क्षमता भएका बालबालिकाहरुलाई आवश्यक सामाग्री वितरण, ब्यवस्थापन तथा नेतृत्व तालीम, छात्रवृत्ति वितरण लगायत रहेका छन् ।

Batas

सन् १९८९ मा पोखरामा स्थापना भएको पोखरा लेडी जेसीजले ब्यवसायिक विकास क्षेत्र, ब्यक्तिगत विकास क्षेत्र, अन्तराष्ट्रिय विकास क्षेत्र र सामुदायिक विकास क्षेत्रलाई आफ्नो कार्याेजनामा समेटेको छ । जेसीजले आफु बन र समाज बनाउ भन्ने सिद्धान्त अनुसार काम गरेको बताइएको छ ।

समाज परिवर्तन गर्न सबैको उत्तरदायित्व रहेको र अहिलेको साताब्यापी कार्यक्रम त्यहि उत्तरदायित्व बहन गर्न आयोजना गरिएको पोखरा लेडीजेसीज वर्ष २०१९ की अध्यक्ष सपना गिरीले जानकारी दिईन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.