www.tandavnews.com
Fact ~ In search of truth

झ्याउरे गीत ‘शिरीशिरी बतास’ सार्वजानिक

पोखरा ।
पत्रकार तथा गायक सन्तोष सुवेदी र गायिका सुनिता गिरीको स्वरमा नयाँ गीत सार्वजानिक गरिएको छ । ‘शिरीशिरी बतास’ नामक मौलिक झ्याउरे गीतको शब्द दीपक अधिकारीले लेखेका हुन् । गीतमा गायक सन्तोष सुवेदीले लय सिर्जना गरेका छन् ।

गीतलाई गोर्खा चौतारी म्युजिक प्रालिले बजारमा व्यवस्थापन गरेको छ । शिव परियारले निर्देशन गरेको भिडियोमा चर्चित मोडल महेन्द्र गौतम र नवमोडल स्मृति खवासले कम्मर मर्काएका छन् । दुर्गा पौडेलले खिचेको गीतमा नविनघर्ति मगरले सम्पादन गरेका छन् ।

छोटो समयमा गीतलाई दर्शक स्रोताले मन पराएको प्रतिक्रिया गायक सुवेदीको रहेको छ । गायिका गिरीले गीतबाट सन्तुष्टी मिलेको बताइन् । सर्जक अधिकारीले झ्याउरेमा मौलिक शब्द समावेश गरिएको सुनाए ।

Batas


 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.