www.tandavnews.com
Fact ~ In search of truth

टप्स सिर्जनशीलको पुनर्गठन

पोखरा ।

पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलमा गठित टप्स सिर्जनशील समूह (टिसिजि)को पुनर्गठन भएको छ । कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुको भेलाले नयाँ कार्य समिति चयन गरेको हो ।

कक्षा १० का छात्र समीर तिवारीको अध्यक्षतामा भएको पुनर्गठन कार्यक्रममा समूहको नयाँ कार्य समितिमा कक्षा ९ की छात्रा श्रेया केसी अध्यक्षमा चयन भएकी छिन् । समूहको उपाध्यक्षमा अभिषेक शर्मा, सचिवमा अप्सरा सोती, सहसचिवमा अभिलेख श्रेष्ठ र कोषाध्यक्षमा सम्झना नेपाली चयन भएका छन् । समूहको सदस्यहरुमा तेन्जिङ तेप्गे, ओमित गुरुङ, अन्सु थापा, स्नेहा गुरुङ, नोमी गुरुङ, खुसी गुरुङ, रोशनी पौडेल, सविन गुरुङ, निशान परियार र झम्याङ लामा चयन भएका छन् ।

Batas

१५ सदस्यीय कार्यसमिति चयन गरेको समूहको शिक्षक संयोजकमा गोपाल खनाल, सह संयोजकमा पुण्यप्रसाद शर्मा रहेका छन् भने शिक्षक सल्लाहकारमा भाइस प्रिन्सिपल चित्रकुमार गुरुङ, एकेडेमिक डिन चेतमाया गुरुङ, दश जोड दुई संयोजक निर्मल सोती, अतिरिक्त क्रियाकलाप संयोजक नन्द गुरुङ र शिक्षक बाबुराम घिमिरे रहेका छन् भने विद्यार्थी सल्लाहकारमा कक्षा १० का छात्र पूर्व अध्यक्ष समीर तिवारी र उपाध्यक्ष अनुपा नेपाली रहेका छन् ।

टप्स क्रियटिभ ग्रुपले सिर्जनशील विद्यार्थीहरुको समूह बनाएर विद्यालयमा रचनात्मक कार्यक्रम गरी विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटनमा प्रोत्साहन गर्दै आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.