www.tandavnews.com
Fact ~ In search of truth

टानको स्थापना दिवस ः संस्थापकलाई सम्मान र मानव सेवा आश्रमलाई सहयोग

ताण्डव न्यूज ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरले आफ्ना संस्थापकलाई भेटेर, सम्मान गरेर आफ्नो स्थापना दिवश मनाएको छ । टान पश्चिमाञ्चल च्याप्टरका वर्तमान अध्यक्ष हरि भूजेल नेतृत्वको कार्य समितिले बिहीबार सस्थापंक अध्यक्ष राम बहादुर श्रेष्ठलाई उनकै निवासमा पुगेर भेटि खादा लगाएर सम्मान गरेको हो ।
‘हामी अहिले कहाँ छौँ भनेर भन्नु भन्दा पनि हाम्रो जग कुन हो भूल्न हुँदैन भनेर हामीले उहाँलाई सम्झिएका हौँ,’ अध्यक्ष हरि भूजेलले भने, ‘उहाँले पाँच वटा संस्था लिएर खोलेको टान आज सय नाघेको छ । हामीले उहाँको सम्मानकै लागि पनि आज उहाँलाई भेट गरेका हौँ ।’
टान पश्चिमाञ्चलका टोली पोखरा एयरपोर्ट नजिकै रहेको श्रेष्ठको घरमा पुगेर सम्मान गर्दा श्रेष्ठ रोएका थिए । पुर्व जानकारी विनै श्रेष्ठको घर पुगेको टानको टोलीलाई भेटेर उनी दंग पर्दै रोएका थिए । टानको टोलीले १२ वर्ष देखि ब्रेनह्यामरेजको समस्याले थलिएका श्रेष्ठको स्वास्थ्य, दिर्घायुको कामना गरेका थिए । सोही अबसरमा टानका सबै पुर्व कार्य समितिका पदाधिकारी, टानलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबैलाई उनीहरुले धन्यावाद ज्ञापन गरेका थिए ।


मानव सेवा आश्रममा सहयोग
टानको टोलीले बिहीबार नै छोरेपाटनमा रहेको मानव सेवा आश्रममा पुगेर खाद्यन्न समेत सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै आश्रममा आवश्यक खाद्यन्न सामाग्रीहरु प्रदान गरिएको अध्यक्ष भूजेलले जानकारी दिए । उनीहरुले खाद्यन्न सामाग्री सहित पाँच हजार रुपैयाँ समेत आश्रमलाई प्रदान गरेका थिए ।

 

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.