www.tandavnews.com
Fact ~ In search of truth

‘टिचर्स इन पोखरा’ले सार्वजनिक गर्यो १५ बुँदे घोषणापत्र

पोखरा ।
शिक्षक तालीम तथा कार्यशाला गोष्ठी ‘टिचर्स इन पोखरा’ ले १५ बुँदे घोषणापत्र आइतबार सार्वजनिक गरेको छ । नेपालका शिक्षाविद्हरुको समेत संलग्नतामा तयार पारिएको सो घोषणापत्रमा शैक्षिक समुदाय तथा नीति निर्माण तयार गरी सम्बन्धित निकायसम्ममा ठोस सन्देश पुर्याउन र शिक्षालाई अझ आधुनिक गर्नुपर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

एक्काइसौँ शताब्दीका चुनौतीलाई आत्मसात गर्न विश्व नागरिक तयार पार्ने अभियानमा घोषणापत्रको महत्वपूर्ण भूमिका रहने बताइएको छ । तालीममा शिक्षविद् प्रा .डा विद्यानाथ कोइराला, केपिज विश्वविद्यालय नेदरल्याण्ड्सका प्राध्यापकद्वय यान हाइमन्स तथा बट टोलले ‘वर्तमान सन्दर्भमा राष्ट्रिय तथा स्थानीय पाठ्यक्रमका ढाँचा’, ‘२१औँ शताब्दीमा शिक्षा तथा विद्यालय’ र ‘एक नैतिक समुदाय’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीको आयोजना तथा कर्मफ्लाइटस् फाउण्डेशन कास्की र भाष्कर मेमोरियल स्कूलको सहआयोजनामा चैत १९ देखि २१ सम्म आयोजित सो सम्मेलनमा गण्डकी प्रदेशअन्तर्गत, कास्की, तनहुँ तथा बागलुङका ६० विद्यालयका १२० शिक्षक तथा ४० प्राचार्यको सहभागिता थियो ।

Batas

तालीममा आफूले सिकेका कुरा आ–आफना विद्यालयमा कसरी कार्यान्वयनमा लैजाने, त्यसका चुनौती तथा समाधान तरिका सम्बन्धमा तालीममा जानकारी गराइएको थियो । सोही अवसरमा शिवशक्ति क्याम्पस र केपिज विश्वविद्यालयका पदाधिकारीबीच शैक्षिक कार्यक्रम आदान–प्रदानसम्बन्धी सम्झौता भएको थियो ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.