www.tandavnews.com
Fact ~ In search of truth

टि–ट्वान्टीका लागी राष्ट्रिय क्रिकेट टोली घोषणा

 

काठमाडौँ ।

आगामी महीनामा संयुक्त अरब इमिरेट्स ९यूएई०मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका खेल खेल्दैछ । आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको आज घोषणा गरेको हो ।

छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन् । अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह एरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन् ।ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहीतकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशन भारी, शरद भेषावकर र सन्दिप जोरा छन ।

नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ । भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक समावेश भएका हुन ।खेलमा पहिले एक दिवसीय र त्यसपछि टी ट्वेन्टी शृङ्खला हुनेछ । नेपालले अघिल्लो वर्ष जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.