www.tandavnews.com
Fact ~ In search of truth

टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, फाईनल शनिबार

पोखरा।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३६ वर्ष माथि) सेभेन ए साइड नयाँगल्ली कप’मा बुधबार ३ खेल भएका छन् । मंगलबार भएको पहिलो चरणको खेलमा लेकसाईड एफसी , सँगम एफसी र ट्रेडमल एफसीले जीत हासिल गरेका छन् ।

पुरानो टुँडिखेलमा बुधबार सम्पन्न पहिलो खेलमा लेकसाईड एफसीले रत्न समाज कस्केरीलाई ० का विरुद्ध २ गोलले सहज जीत निकाल्यो । लेकसाईडको जीतका लागि निरन्जन पौडेलले र ज्ञान थापा मगरले समाज १-१ गोल गरे । खेल अवधिभर गोल फर्काउन नसक्दा रत्न समाज कस्केरी पहिलो चरणबाटै बाहिरियो ।

सँगम एफसी र ढिकुरपोखरी बीच भएको दोस्रो खेलमा सँगम एफसीले ३–१ गोलले जीत निकाल्यो । सँगमको देवभक्त गुरुङले १ र महेन्द्र गुरुङले २ गोल गरेका थिए भने ढिकुरपोखरीका लागि डोल बहादुर गुरुङले सान्त्वना १ गोल फर्काएका थिए ।

अन्तिम खेलमा ट्रेडमलले लेकसाईड युवा क्लबलाई ३–१ को फराकिलो गोल अन्तरले पराजित गर्यो । ट्रेडमलको जीतका लागि रामचन्द्र, शंकर बस्नेत र नारायण थापाले समान १-१ गोल गरे । लेकसाईडको तर्फबाट सुनिल पुनले सान्त्वना गोल फर्काएको खेल संयोजक अञ्जान देवकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको चौथो दिन बुधबार समेत ३ खेल हुनेछन् ।

प्रतियोगिताको बिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६५ हजार रुपैया प्रदान गरिने अर्थ संयोजक हिटलर घलेले बताए । त्यस्तै उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्राप्त गर्नेछ भने बिद्यागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.