www.tandavnews.com
Fact ~ In search of truth

टुँडिखेलमा ‘देश्ना स्मृति कप’ जारी, दोस्रो दिन ३ समूह बाहिरिए

पोखरा ।

ईन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप’मा मंगलबार ३ खेल भएका छन् । हिजो (मंगलबार) भएको पहिलो चरणको खेलमा गार्डेन एफसी, विश्वकर्मा सेवा समाज, नयाँगल्ली भेट्रान्सले जीत हासिल गरेका छन् ।

पहिलो खेलमा गार्डेन एफसीले लाइन्स क्लबलाई १ का विरुद्ध ३ गोलले सहज जीत निकाल्यो । एफसीको जीतका लागि विकास गुरुङले २, मनकाजी गुरुङले १ गोल गरेका थिए । लाइन्सका तर्फबाट सान्त्वना गोल फर्काएका पनि समूहलाई जीत दिलाउन सकेनन् ।

मर्निङ गाइज र विश्वकर्मा सेवा समाजबीच भएको दोस्रो खेलमा विश्वकर्मा सेवा समाजले १–० गोलले जीत निकाल्यो । जीतका लागि राजेश श्रेष्ठले निर्णायक गोल गरेका थिए । खेल अवधिभर गोल फर्काउन नसक्दा मर्निङ गाइज पहिलो चरणबाटै बाहिरियो ।

अन्तिम खेलमा नयाँगल्लीले हेमजा युनाइटेडलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित ग¥यो । जीतका लागि नयाँगल्लीका नरेश केसीले २, झकबहादुर क्षेत्रीले, दिलिप गुरुङ र हिटलर घलेले समान १÷१ गोल गरे । युनाइटेडका तर्फबाट प्रकाश सापकोटाले टिमका तर्फबाट सान्त्वना गोल फर्काएको खेल संयोजक अञ्जान देवकोटाले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको तेस्रो दिन बुधबार समेत ३ खेल हुनेछन् । जसमध्ये तेस्रो दिनको पहिलो खेल लेकसाइड विरुद्ध कस्केरी भेट्रान्स बीच हुने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.