www.tandavnews.com
Fact ~ In search of truth

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

बलेवा ।

बागलुङको वलेवामा बिहीबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका बागलुङको पञ्चकोटका ट्याक्टर चालक सुरेश विकको उपचारका लागि धौलागिरि अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

बागलुङ बजारदेखि कुश्मीशेरा जाँदै गरेको ना७त ११०५ नंको ट्याक्टर बानपा १२ सरङ्गेमा दुर्घटना हुँदा चालक विक घाइते भएका थिए । घाइते विकलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बलेवाका प्रमुख धनबहादुर थापाले बताए ।

दुर्घनाको कारण भने खुलेको छैन । दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले चालक विकलाई अचेत अवस्थामा उद्धार गरेको थियो ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.