www.tandavnews.com
Fact ~ In search of truth

ट्रेड मलको दशैँ तिहार उत्सवमा यामाहाको एफ.जेट.एस बम्पर उपहार

पोखरा,
ताण्डव न्यूज ।

नेपालीहरुको महानपर्व दशैँ, तिहार, छठपर्वलाई लक्षित गरी पोखरा ट्रेड मलले दशैँ तिहार उत्सव आयोजना गर्ने भएको छ । बिगतका बर्षझै उत्सवमा बम्पर उपहारको रुपमा यामाहको एफ.जेट.एस १५० सि.सि मोटरसाइकलको साथमा ५ जनालाई डोको भरी उपहार प्रदान गरीनेछ ।

विहिवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै व्यवस्थापन संयोजक नवराज त्रिपाठीले हरेक १५ दिनमा पाक्षिक उपहारका रुपमा एक जनालाई ज्याकपट उपहार ५० हजार रुपैयाँ प्रदान गरिने बताए । दशै तिहार उत्सवको योजना अविधभर ४ जनाले जनही ५० हजार रुपैयाँ पुरस्कार समेत जित्न सकिने त्रिपाठीले जनाए ।

मलमा सपिङ गर्न आउने अन्य ग्राहकका लागि लाखौँ रुपैया बराबरको नगद तथा सपिङ भौचरको समेत व्यवस्था गरिएको त्रिपाठीले जानकारी दिए ।उपहार योजनामा सहभागी हुनका लागि ग्राहकले मल भित्रका जुनसुकै सपिङ गर्ने ग्राहकले न्यूनतम ५ सयको सामान खरिद गर्नुपर्नेछ

उपहार योजनामा सहभागी हुनको लागि ग्राहकले मलका कुनैपनि पसलबाट न्यूनतम ५ सय रुपैयाँको सपिङ गर्नुपर्नेछ । ५ सय रुपैयाको खरिदमा १ वटा कुपन, २ हजारको को खरिदमा ३ वटा कुपन ५ हजार रुपैयाँको खरिदमा ग्राहकले १० वटा कुपन प्राप्त गर्नेछन् ।

उक्त १० वटा कुपनहरु मल भित्र रहेको काउण्टरमा जम्मा गरेपछि १ वटा ज्याकपट कुपन प्राप्त गर्न सकिन्छ । उक्त ज्याकट कुपन काउण्टरमा रहेको बाकसमा जम्मा गर्नुपर्ने र १५ दिन सम्ममा जम्मा भएका ज्याकपट कुपनहरु मध्येबाट १ जनालाई ५० हजार सम्मको नगद तथा सपिङ् भौचरको उपहार साथै २ जना भाग्यशाली ग्राहकलाई डोको भरी उपहार प्रदान गरिन आयोजकले जानकारी दिए ।

नुन देखि सुनसम्मका हरेक सेवा सुविधा मलमा पाउन सकिने हुँदा ग्राहकसँग उपहार भन्दा पनि खुसी साट्न खोजिएको मलका प्रबन्धक निर्देशक मिनराज काफ्लेले जनाए ।हरेक सामानहरु एउटै मलबाट उपलब्ध हुने भएकाले मलले ग्राहकको मन जितेको पोखरा ट्रेड मलका अध्यक्ष तथा गण्डकी प्रदेशका सासंद बिन्दुकुमार थापाले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.