www.tandavnews.com
Fact ~ In search of truth

ठगीको नयाँ स्टायल : फेसबुक पेज र ग्रुपबाट लाइसेन्स बनाइदिन्छुु भन्दै पैसा झ्वाम

पोखरा / ताण्डव न्यूज ।

पोखरामा लाईसेन्स बनाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पर्वत जिल्ला मोदि गाउपालिका २ देउपुर बस्ने २२ वर्षका सरोज चपाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए ।

Batas

चपाईले यातायात व्यवस्था कार्यालयको फेसबुक पेज तथा ग्रुप बनाई सजिलै लाईसेन्स सम्बन्धी जानकारी लिनको लागी कास्की तथा आसपासका जिल्लाहरुका व्यक्तिहरुले उक्त फेक पेज र ग्रुपमा जोडिई हामी सजिलै तपाईलाई लाईसन फर्म भर्ने ,ट्रायल दिने तथा लाईसन निकाल्न समेत सहयोग गर्छौ भनि नक्कली भौचरमा पास (PASS) गरेको समेत पेज तथा ग्रुपमा हालि विभिन्न प्रलोभन देखाई ठगी गर्ने गरेको प्रहरी प्रवक्ता गुरुङले बताए ।

चपाईले लाईसन निकाल्नको लागी प्रति लाईसेन्स ४० देखी ६० हजार सम्म रकम असुल गरेको अनुसन्धानको क्रममा खुलेको छ । ठगी गर्ने चपाईमाथि म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.