www.tandavnews.com
Fact ~ In search of truth

डसना उद्योगमा आगो लाग्दाँ २० लाखको क्षति

 

 

दमौली ।
तनहुँको व्यास नगरपालिका–४ सिमलटारस्थित डसना उद्योगमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बेथेल इन्जिनीयरिङ प्रालिले सञ्चालन गरेको डसना उद्योगमा विद्युत् चुहिएर आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगलागीबाट उद्योगमा रहेको सम्पूर्ण सामान पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ८ बजे लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा ११ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

टिनले छाएको घरमा सञ्चालित उद्योगमा लागेको आगो निभाउने क्रममा घरको केही भागहरुमा समेत क्षति पुगेको छ । प्रहरी नायब उपरीक्षक अर्यालले भने “आगो निभाउने क्रममा डोजरको सहयोगले घरको केही भाग भत्काइएको छ ।”  रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.