www.tandavnews.com
Fact ~ In search of truth

डा केसीसँग गरिएका सम्झौता कार्यान्वयन गर्न माग

काठमाडौँ ।

डा गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयनको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा केसी एलाइन्सले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै आज प्रदर्शन गरेको हो । सो संस्थामा आबद्ध एक समुहले उनीहरुले ‘डा केसीसँग गरिएका सम्झौता लागू गर’ ‘मेडिकल शिक्षामा भएका लुटतन्त्र बन्द गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।

Batas

प्रदर्शनीमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले विगतमा डा केसीसँग गरिएको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने उनीहरुको माग गरेको छ । सरकारले आफूसँग गरिएको सहमति अनुरुप विधेयक नभएको भन्दै गत पुस २५ गतेदेखि इलाममा गई डा केसी अनशनमा बसेका छन् ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.