www.tandavnews.com
Fact ~ In search of truth

हेल्थ टिप्स : दन्त उपचारमा हेलचक्राई नगरौं – डा. सुदिप गिरी

पोखरा
ताण्डव न्यूज ।

एकदिन एकाबिहानै बिहान मेरो क्लिनकमा एकजना आमाले आफ्नो दाँतको समस्याले दुख पाएको छोरा लिएर आउनुभयो । उहाँ भन्दै हुनुहुन्थ्यो ३–४ दिन देखि छोरा आफूपनि सुतेको छैन र हामीलाई पनि सुत्न दिएको छैन् ।

डा. सुदिप गिरी,एनएमसी नं : २०४१८
Batas

 मैले उहाँलाई नआत्तिनुहोस भन्दै उपचार सुरु गरे । नाम, उमेर सोधेपछि उसलाई आफ्नो मुख खोल्न लगाएँ । उसको फेरिन बाँकी र नफेरिने बङगारा सबै किराले खाइसकेको रहेछ । आमालाई अवस्थाको बारेमा सम्झए र मुख स्वास्थ्य सम्बन्धी सल्लाह गर्दा उहाँको धेरै चासो नभएको पाएँ ।

दाँतको एक्सरे गरिसकेपछि मैले नफेरिने दाँतलाई जरादेखि उपचार गरेर जोगाउन अनुरोध गर्दा उहाँले पछाडिको बङ्गरा निकाल्दिन अनुरोध गर्नुभयो । दाँतको काम राम्रो देखाउनेमात्र नभई पोषणको पनि काम हुन भन्दै सम्झाउँदा पनि म असफल भए ।

यस्तो घटना एउटा उदाहरण मात्र हो । यस्तो धेरै अवस्थाहरु दन्तरोगमा नर्भल हुन्छन् जुन सुरुवाती अवस्थामा हामीले ध्यान दिँदैनौं तर जव समस्या आउँछ तव ढिलो भइसकेको हुन्छ । विशेषत दाँतमा तीन भाग हुन्छन जसलाई हामी ENAMEL, DENTIN and PULP भन्छौं ।

बाहिरी भाग इनामेल हो जुन शरिरको सबैभन्दा बलियो अंग हो । यसमा नसा हुँदैन् त्यसैले यसमा असर हँुदा दुख्ने अप्ठ्यारो हुने हुँदैन् । यो अवस्थामा हामीले रोग नियन्त्रण गर्न सफल भयौं भने उपचारमा थोरै समय र पैसा खर्च गर्दा हुन्छ । भित्री भाग DENTINमा नसा हुन्छ तर रक्तनली हुँदैन् त्यसैले यो भागमा असर गर्दा सिरिङ (sensititvity) हुन्छ ।

विशेषत गुलियो र अमिलो खानेकुरा खाँदा अप्ठ्यारो हुनु Dantial caries का लक्षण हुन् । हामीले सुरुवाती अवस्थामा उपचार गर्दा शारिरिक , समय र आर्थिक लाभ हुने देखिन्छ ।

जव दन्तकिरलो असर दाँतको नसा अथवा Dental Plup मा पुग्छ यो अवस्थामा धेरै ढिलो भइसकेको हुन्छ र हामी धेरै दुखाइ र आर्थिक बोझको शिकार हुन्छौं । योसँगै हाम्रो हेलचेक्राई अझै अगाडि भयो भने गिँजामा पिप जम्ने (abscess formation ) हड्डी कुइने (osteomylytis) र (cavernous sinus thrombosis and Ludwig angina) जस्ता रोगले ज्यान नै जान सक्छ ।

त्यसैले हामी आफैले एउटा रोक्न सक्ने आफै निम्त्याउँछौं, त्यसलाई जानी जानी अगाडि बढ्न दिन्छौं । उपचार जस्तो कुरामा खर्चको लोभमा unqualified person सँग उपचार गराउँछौं र दाँतको उपचार महंगो भयो, ठगियौं भन्छौं ।

त्यसैले दिनको दुईपटक दाँत माझ्ने बानी बसालौं । दाँतमा टासिने गुलिया खानेकुराको सेवन कम गरांैं, सेवन गरेपछि दाँत सफा गर्ने बानी बसालौं, खैनी, सुर्तीजन्य पदार्थकोे सेवन नगरौं र दक्ष दन्त चिकित्सकसँग मात्र आफ्नो दाँत तथा मुखको उपचार गराऔं ।

Email : [email protected]

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.