www.tandavnews.com
Fact ~ In search of truth

डिफेण्डिङ च्याम्पियनलाई हराउदै तारालाई तेस्रो बिष्णु स्मृति कपको उपाधि

ताराका टंक बने सर्बाेत्कृष्ट खेलाडी

सुशान्त गाहा मगर,
पोखरा /ताण्डव न्यूज।

बिष्णु पादुका क्लब हेमजाद्वारा आयोजित तेस्रो बिष्णु तिमिल्सिना हेमजा सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एल.जी एशोसियसनलाई हराउदै तारा फुटबल क्लबले जितेको छ ।

बिष्णु पादुका माबिको खेल मैदानमा आज (सोमबार) सम्पन्न फाईनल खेलमा एल.जी एशोसियसनलाई १–० गोल अन्तरले पराजित गर्दे उपाधि जितेको हो । ताराको जितका लागि म्यान अफ दि म्याजको हकदार बनेका सुनिल बिकले गोल गरेका थिए ।

उपाधिसँगै तारा एफ.सी ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्याे भने उपबिजेता एल.जी एशोसियसनले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७१ हजार १ सय ११ मा चित्त बुझायो ।

प्रतियोगिताबाट सर्बाेत्कृष्ट खेलाडीको रुपमा ताराका टंक गुरुङ घोषित हुदै नगद ५ हजार रुपैयाको हकदार बने । उत्कृष्ट गोलरक्षकको रुपमा सोही क्लबकै अनिश शाही, उत्कृष्ट डिफेण्डरका रुपमा एल.जी एशोसियसनका सुलेमान मगर, उत्कृष्ट फरवार्डको रुपमा सोही क्लबकै हेमन्त तामाङ पुरस्कृत भए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको रुपमा रन्जन मेमोरियलका अविरल गिरी, उदीयमान खेलाडीका रुपमा संगम एकेडेमीका तकदीर घले घोषित भए भने सेमिफाईनलिस्ट सिम्पानी एफ.सी र आयोजक टिम १० हजारको हकदार बन्यो ।

कुल ३४ टिमको सहभागिताबाट बिजेता तथा उपबिजेता बन्न सफल खेलाडीहरुलाई प्रायोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, एन्फाका केन्द्रिय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ लगायतले पुरस्कार बितरण गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.