www.tandavnews.com
Fact ~ In search of truth

डेंगुको उपचार काठमाडौँमा निशूल्क, पोखरामा कहिले ?

पोखरा ।
देशका झण्डै ४० जिल्लामा डेंगुको संक्रमण देखिएको छ । ४० जिल्ला मध्ये कास्की पनि उच्च जोखिममा रहेको जिल्ला हो । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका जिल्लाहरुमा डेंगुको संक्रमण भएको आशंका गरिएको छ । नेपाल सरकारले काठमाडौँमा डेंगुका विरामीहरुलाई निशूल्क उपचार गराउने बताएपनि गण्डकी प्रदेश र कास्कीका कुनै पनि जिल्लामा भने निशूल्क उपचारबारे जानकारी नै छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देेशन दिएको हो । एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले निर्देशन दिएको हो । क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखराका प्रमुख अर्जुन आचार्यले यस क्षेत्रमा निशूल्क गर्नेबारे कुनै जानकारी नआएको जानकारी गराए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.