www.tandavnews.com
Fact ~ In search of truth

डेढ करोड ठगी आरोपमा डेजाभुका तीन सञ्चालक पक्राउ

पोखरा ,
ताण्डव न्यूज ।

काठमाण्डौँको चर्चित क्लब डेजाभुका तीन सञ्चालक पक्राउ परेका छन् ।

डेजाभु लाउन्ज प्रालिका अध्यक्ष प्रवेश श्रेष्ठ ,सञ्चालकहरु प्रतीक श्रेष्ठ एवम् समिप शिलाकार ठगी आरोपमा पक्राउ परेका हुन् । अन्डरग्राउण्ड लगानीमा चलेको डेजाभुका सञ्चालकहरुलाई डेढ करोड ठगीको आरोपमा काठमाण्डौँ प्रहरीले पक्राउ गरेको हो ।

क्लबसँगै सम्बद्ध विश्वराम श्रेष्ठले एक करोड ५० लाख रुपैयाँ ठगी गरेको जहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले सञ्चालकहरु नियन्त्रणमा लिइ छानबिन सुरू गरेको हो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.