www.tandavnews.com
Fact ~ In search of truth

डोटीमा गोली लागी १९ वर्षीय युवकको मृत्यु

डोटी ।

गएराती गोली लागि डोटीमा एक युवकको मृत्यु भएको छ ।

गोली लागि डोटी आदर्श गाउँपालिका – ५ लामीखालका १९ वर्षीया तपेश लुहारको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सोही ठाउँका अन्दाजी ५० वर्षीय जङ्गे भुलले चलाएको गोली लागी तपेशको ज्यान गएको हो । तपेशको टाउकोमा गोली लागेको थियो । गोली चलाउने जङ्गे भुललाई र बन्दुक प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.