www.tandavnews.com
Fact ~ In search of truth

ड्रिल चलाउँदै सांसद चर्तीमगरले भने ‘केही वर्षमै यो बाँझो, सुन्तलाले पहेँलै हुन्छ’

सुशान्त गाहा मगर
पोखरा,ताण्डव न्युज।

स्थलगत अवलोकनका लागि आईतबार बिरुवा गाउँपालिका वडा नं २ पुगेका गण्डकी प्रदेश सभा सदस्य दिपक चर्तीमगरले खाडल खनेका छन् । ड्रिल मेसिनको सहायतामा उनले दर्जन खाडल खने ।

सो अवसरमा बोल्दै सांसद चर्तीमगरले केही बर्षमै सो क्षेत्रमा रहेको बाँझो बारीमा सुन्तलाका बोटले भरिने बताए । उक्त क्षेत्रको माटो बिज्ञद्वारा परिक्षण गरिसकेको बताउदै उनले केही बर्ष भित्रै बाँझोबारीहरु पहेंलै देख्न पाईने बताए ।

Batas

‘यस्तो प्रकारको आधुनिक खेती र कृषि प्रणालीले स्थानियबासीको जिबिकोपार्नमा थप सघाउ पुग्छ, उनले भने, ‘यतिमात्र नभई गाउँमा युवा लक्षित कार्यक्रमहरु पनि अगाडि ल्याईनेछ ।’ उनले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको औपचारिक घोषणा तनहुँबाट भएको बताउदै सोही कार्यक्रम अन्तर्गत सुन्तला खेतीको लागि २५ लाख बिनियोजन भएको उल्लेख गरे ।

उनले उक्त सुन्तला खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने समेत धारणा राखे । चर्तिमगरले परम्परागत कृषि प्रणालीलाई त्यागेर आधुनिकिकरण तर्फ सिङ्गो प्रदेश सरकार लागेको सुनाए । ‘स्याङ्जा सुन्ताला खेतीमा प्रख्यात ठाउँ हो, उनले भने, ‘अबको केही बर्षमा कृषकहरुले फरक स्वाद पाउनेछन्, अर्थिक हिसाबले र सुन्तला खेतीबाट प्राप्त प्रतिफलको हिसाबले’। उनले सुन्तला खेतीसँगै रेशम खेतीको लागि समेत सुक्ष्म अध्ययन गरिरहेको बताए ।

त्यस्तै सुन्तला तथा रेशम खेती समितिका सचिब सुन्दर थापामगरले सुन्ताला खेतीको लागि मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम अन्तर्गत २५ लाख बिनियोजन भएको बताए । उनले आर्थिक बर्ष २०७६/०७७ सुरु भैसकेको र सुन्तला सार्ने सिजन एउटै भएकाले खाडल खन्न सुरु गरिसकेको बताए ।

असार मसान्त सम्म श्रीडाँडा, अर्चले र चर्तीथोकको उत्तरी पुर्वी भेगका जग्गामा करिब ५ हजार देखी ६ हजारको सँख्यामा बेर्ना रोपिसक्ने लक्ष्य रहेको थापामगरले बताउदै एउटा बोटमा करिब २ क्वीन्टल सम्म सुन्तला फल्ने उल्लेख गरे । उनका अनुसार सुन्तला तथा रेशम खेतीको ब्यवस्थापन जनपक्षिय बहुउद्देश्य सहकारी सँस्था बिरुवा गाउँपालिका वडा नं २ अर्चलेले गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.