www.tandavnews.com
Fact ~ In search of truth

ढुंगागिट्टी बेचेर सामुदायिक अस्पताल बनाउँदै मोदी गाउँपालिका

संजय रेग्मी
पर्वत /  ताण्डव न्यूज ।

पर्वतको मोदी गाउँपालिकाले नदीजन्य वस्तुको विक्रीबाट सामुदायिक अस्पताल बनाउने भएको छ । गाउँ कार्यपालिकाको वैठकले नदीजन्य वस्तुको विक्रीबाट लगाएको विक्री करबाट सामुदायीक अस्पताल बनाउने निर्णय गरेको हो । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेका अनुसार नदीजन्य वस्तुको विक्रीबाट गाउँपालिकाको वडा न ६ तिलाहारमा सामुदायिक अस्पताल बनाईने भएको हो ।

गाउँपालिकाले चालु आर्थिक बर्ष देखि गाउँपालिका भित्रका नदीहरुमा नदीजन्य वस्तुको उत्खननमा कर लगाएको छ । हाल डिमुवामा कोरियन संस्थाको सहयोगमा सञ्चालन भईरहेको ख्वान्जु क्लिनिकलाई अस्पतालको रुपमा विकास गर्ने यस अघि नै गाउँपालिका र क्लिनिकवीच सहमति भईसकेको छ ।

अस्पताल निर्माणका लागि आवश्यक पर्ने भवन निर्माणका लागि आन्तरीक आयको रकम खर्च गर्ने गाउँपालिकाको योजना छ । ख्वान्जु अस्पताल पोखरा बागलुङ सडक खण्डमा जोडिएका कारण पनि सडक दुर्घटना भएमा घाईतेहरुलाई उपचार गर्न पनि सजिलो हुने छ । मोदी गाउँपालिका नागरिकहरु सामान्य रोगको उपचारको लागि पनि सदरमुकाम कुश्मा वा कास्कीको पोखरा जान बाध्य छन् ।

मोदी गाउँपालिका रहेका रती, मोदी र पाति खोलाबाट ढुंगा, गिटि, बालुवा उत्खनन गरेर बिक्री गर्ने गाउँपालिकाका प्रमुख प्रेम पौडेलको भनाई छ । गाउँपालिका भित्र रहेका नदीजन्य वस्तुहरुको उत्खनन गर्दा त्यसको संरक्षण र संवद्र्धनमा समेत आवश्यक ध्यान दिने गरी गाउँपालिकाले आवश्यक कार्यबिधि निर्माण कार्य अगाडि बढाउने गरी तयारी गरीरहेको पनि गाउँपालिकाले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.